क्षेत्र नं ४ नेका बाजागाजासहित महाधिवेशन उद्घाटन स्थल जाने

क्षेत्र नं ४ नेका  बाजागाजासहित महाधिवेशन उद्घाटन स्थल जाने

कपन अनलाइन/ फागुन १९, २०७२

नेका क्षेत्र नं  ४ ले भोलि हुने नेपाली कांग्रेसको केंद्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा आफ्नो क्षेत्रबाट विशेष तयारीका साथ जाने तयारी गरेको छ । सिफलको चौरबाट बिहान ११ बजे  सबै क्षेत्रका नेपाली कांग्रेशका समर्थकहरु एकत्रित भएर जाने तयारी गरेको छ । क्षेत्र नं ४ ले आज एक औपचारिक भेला गरेर विशेष तयारी साथ जाने निर्णय गरेको हो । सभापति राजू श्रेष्ठले बोलाएको विशेष भेलामा क्षेत्र नं ४ का अगुवा व्यक्तिहरु सहभागी थिए । महाधिवेशन उद्घाटन स्थल जान सिफलचौरबाट लाखेनाच्, बाजागाजा, नाचगान सहित धेरै भन्दा धेरै व्यक्ति समेटर जाने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।