कपनबाट ७ तोला चोरीको सुन सहित चोर प्रकाउ

कपनबाट ७ तोला चोरीको सुन सहित चोर प्रकाउ

 फाल्गुण-१९ /कपनअनलाइन – महानगरीय प्रहरी प्रभाग कपनले चोरीको करिब ७ तोला सुन सहित हिजो फाल्गुण १६ गते तेन्जिङ्ग चोकबाट राजकुमार बयलकोटीलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका – १४ बस्ने बयलकोटीले तेन्जिङ्ग चोकको एक सुन पसलमा चोरीको सुन बेच्दै गर्दा प्रहरी जवान सन्त गुरूङले रङ्गे हात प्रकाउ गर्न सफल भएका थिए । कपन प्रभागमा ल्याएर सोधपुछ गर्दा बयलकोटीले आफ्नै साथीको घरबाट सुन चोरेको बताएका थिए ।

12325093_1014627931909599_2066957329_n

 

यसअघि गत फाल्गुण १३ गते बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने उमा खड्काको घरबाट करिब १० तोला सुन चोरी भएको निवेदन महानगरीय प्रहरी प्रभाग कपनमा परेको थियो । त्यो निवेदन र बयलकोटीको बयान रूजु गरिसकेपछि सुन खड्का कै भएको प्रमाणित भएको थियो । तर खड्का परिवारले आफ्नो अझै करिब केहि तोला सुन र केहि तोला चाँदी चोरी भएको बताएको छ । प्रहरीले थप अनुसन्धान पछि फेला पर्ने बताउँदै बयलकोटीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।

 

बयलकोटी खड्का परिवारमा साथीका नाताले आवतजावत गर्ने गर्दथे । उनले नशाको तालमा आफूले साथीकै घरबाट चोरी गरेको बयान दिएका छन् । चिनजान कै मान्छेहरूबाट चोरी बढ्न थालेपछि कपन प्रहरी प्रभागका निरीक्षक फणिन्द्र रानाभाटले सबै स्थानीय जनताहरूलाई सतर्क रहन र अति आवश्यकलाई बाहेक अन्यलाई आफ्नो घरमा नलान आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।