कर्माछिरिङलाई जिताउन चौतर्फि तयारी
कपन अनलाइन/फागुन १२, २०७१
नेपाली खेलक्षेत्रका चिरपरिचित कर्माछिरिङ शेर्पालाई केन्द्रिय सदस्य बनाउन देशभरी तयारी गरिएको छ । फुटबल क्षेत्रमा भएको भ्रष्टाचारको बिरोध गर्दै लामो समयदेखि एन्फामा क्रियाशिल शेर्पा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यका प्रत्यासी हुन् । यतिखेर शेर्पा आरक्षित जनजाति कोटाबाट शेर्पा समुदायलाई प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य बन्न तयारी गरिरहेका छन् ।
युवाहरुले नेतृत्व विकास गरेर भोलिको कर्मशिल तथा बौद्धिक नेपाली कांग्रेसको वकालत गरिरहेका कर्माछिरिङ शेर्पालाई विजय गराउन पूर्व मेचिदेखि पश्चिमका कतिपय जिल्लाहरुका तयारी चलिरहेको छ । भ्रष्टाचार बिरोधी छविका कारण देशविदेशमा प्रख्याती कमाएका शेर्पा नेबिसंघदेखि तरुण दलहुँदै पार्टीको राजनीतिमा सक्रिय व्यक्ति हुन् । १२ औँ महाधिवेशनमा पनि स्वतन्त्र केन्द्रिय सदस्य पदमा चुनावी मैदानमा उठेर सम्मानजनक मत प्राप्त गरेका शेर्पालाई बिजय गराउन यसपटक महामन्त्रि प्रकाशमान सिंह नै लागेका बताइन्छ । अन्त्यन्त क्रियाशिल तथा संगठनलाई दुःख गर्ने छवि बनाएका कर्माछिरिङ शेर्पाले काठमाडौं कांग्रेसभित्र पनि महत्वपूर्ण चेहराको रुपमा उपस्थित गराएका छन् । शेर्पालाई भोलिको नेपाली कांग्रेस काठमाडौंको शक्तिशाली नेताको रुपमा पनि लिइने गरिन्छ । १३ औँ महाधिवेशनअन्तर्गत भएका काठमाडौंको क्षेत्र नं. ४ र ५ को क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापतिहरु विजय गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो भने जिल्ला अधिवेशनमा सभापति सबुज बानियाँलाई बिजय गराउन पनि उनको भूमिका सशक्त रहेको थियो ।
नेपाली कांग्रेसभित्र प्रकाशमान सिंह प्यानल नजिक मानिने कर्माले महाधिवेशन केन्द्रित कार्यालय पनि स्थापना गरेका छन् । राजधानीको भृकुटीमण्डपमा रहेको सम्पर्क कार्यालयबाट उनले देशभर आफ्नो पक्षमा मत जुटाउन प्रयास गर्नेछन् । उनलाई केन्द्रिय सदस्य बनाउन खेलकुदकर्मी तथा तरणदल निकट महाधिवेशन प्रतिनिधिहरुले जिल्ला जिल्लामा तयारी गरिहेको समाचार प्राप्त भएको छ ।