राजु श्रेष्ठको उदय र भोलिको काठमाडौँ नेपाली कांग्रेस

rajujiiii

कपन अनलाइन विशेष/राजनीतिक विश्लेषण/ फाल्गुण ५, २०७२

20388_10206536471110024_364799186272614697_n

केशव पाठक/प्रधान सम्पादक

नेपाली कांग्रेस काठमाडौंको राजनीति ०४६ सालदेखि नै चाक्सीबारीको वरिपरी घुमेको छ । पात्र फेरिए पनि राजनीतिको डाडुपन्यू चाक्सीबारीतिरै हुन्छ । पात्रका हिसाबमा कोही चाक्सीबारी विपक्षी काठमाडौं प्रमुख भयो भने पनि कालान्तरमा त्यो असफलसरह नै देखिने गरेको छ । १२ औँ महाधिवेशनमा काठमाडौं सभापति भएका भिमसेनदास प्रधान चाक्सीबारी बिरोधी भएकै कारण पनि खासै सांगठनिक भूमिकामा देखा पर्न सकेनन् । पूरै ५ वर्ष सभापति हुँदा सहज प्रकारले कुनै पनि दिन बजिल्ला कमिटिको बैठक बसाउन सकेनन् प्रधानले । यद्यपि १३ औँ महाधिवेशनमा क्षेत्रमा प्रकशमान सिंहले खासै कमाल देखाउन सकेनन् वा चाक्सीबारीको महत्व कम भएको अनुभूत पनि गरिएको छ । यसले पार्ने असर पछि देखिएला ।

चाक्सीबारीको सेरोफेरोमा बग्ने नेका काठमाडौंको राजनीतिमा १२ औँ महाधिवेशनपछि युवा नेता गगन थापाको हैसियतले केही कमजोर बनाएको थियो । भिमसेनदास प्रधानलाई तत्कालिन अवस्थामा गगन थापाको सफोर्ट नमिलेको भए प्रधान विजयी नहुने पक्का थियो । १३ औँ महाधिवशेनमा पनि चाक्सीबारीबिरोधी प्रधान नै मैदानमा छन् अनि गगन थापा यसपाला पनि प्रधानको पक्षमा देखिएका छन् । हेरौँ यसपाला यो जोडीले के कति कमाल देखाउनेछ ।

यद्यपि प्रारब्धले यसपाला गगन थापा स्वयंलाई आफ्नो क्षेत्रमा धक्का लागेको छ । काठमाडौं क्षेत्र नं. ४ मा कट्टर गगन थापा बिरोधी राजु श्रेष्ठ सभापतिमा बिजयी भएपछि गगन थापाको साखमा कहिँकतै कमजोरी आएको हो कि भन्ने आंकलनले काठमाडौं कांग्रेसमा एक किसिमको हल्लिचल्लि छ । तथापि क्षेत्र नं. ४ मा भएका उनको गल्तिको भर्पाई थापाले बुझेर राजनीति अगाडि बढाए भने नेपाली कांग्रेसभित्र गगन थापाको विकल्पमा अझै कोही छैन । राजु श्रेष्ठको बिजयलाई उनले कसरी लिने र श्रेष्ठसँग थापाले कस्तो व्यवहार गर्ने विषयसँग पनि अबको राजनीति कस्तो हुने कुरा अनुमान गर्न सकिन्छ ।

काठमाडौँको राजनीतिमा लामो समयदेखि क्रियाशिल राजु श्रेष्ठ माओवादी युद्धकालका प्रचण्डसँग सिँगौरी खेल्ने पात्र हुन् । युद्धकालमा माओवादीले दुःख दिएर सताइएका श्रेष्ठको गाडीसमेत केही समय प्रचण्डले चढेका थिए । पछि त्यो गाडि राजुले फिर्ता लिएर नै छाडे । त्यो कालो रंगको जापानिज गाडि आज पनि माओवादी युद्धकालको प्रतिक बनेर बसेको छ । दयालु एवम् सरल स्वभावका राजुले अहिले त्यो गाडि कामनपाका पूर्व मेयर पिएल सिंहलाई चढ्न दिएका छन् । माओवादी युद्धमा उनलाई दुख दिँदा शेरबहादुर देउवाले पुर्याएको महत्वपूर्ण गुन पश्चात राजु देउवा निकट भए । यद्यपि राजु सदैव चाक्सीबारी निकट मानिन्छन् । गणेशमान सिंह जीवित छँदा राजु उनका प्रियपात्र थिए । त्यो सानिध्यता आज पनि प्रकाशमान सिंहसँग उनको ताजै छ । राजु अहिले पनि सन्त नेता किसुनजीको आश्रमसँग निकट छन् । किसुनजी जीवित छँदा उनी किसुनजीका पनि प्रिय पात्र भएको बताइन्छ ।

राजनीतिमा उनको पदार्पण मुहर्त ०४२ को सत्याग्रह ताकाको हो । गर्भे कांग्रेस राजु लामो समय माहाँकाल गाविसमा इकाई सभापति भए, क्षेत्रीय सदस्य बने, जिल्ला सदस्य बने, नेपाली कांग्रेसभित्रको तल्लो तहमा राजनीति गरिरहे । १२ आँै महाधिवेशनमा क्षेत्रीय सभापतिमा बिना तयारीमा उत्रिए, ५ मतले पराजित भए । त्यो बेला समकालिन न्हुच्छेनारायण श्रेष्ठसँग हारेका राजु १३ औँ महाधिवेशनमा तिनै न्हुच्छेनारायणलाई ४ मतले हराएर सभापति भए । राजुको यो जितसँग न्हुच्छेको हार वा राजुको जीतभन्दा पनि गगनले चाहेर उठाएको व्यक्तिको हार भएकोले यसलाई युवा नेता गगन थापाको हार भन्नेहरु पनि देखिएका छन् ।

राजु श्रेष्ठको सामाजिकले छवि पनि उनलाई यसपाला जीतका लागि प्रशस्त हुन पुग्यो । महाभुकम्पको बेला उनले क्षेत्र नं. ४ मा पुर्याएको व्यक्तिगत सहयोग तथा सक्रियता आफैमा प्रंशसायोग्य भएकाले कृयाशिल सदस्यसँग उनको सानिध्यता बाक्लिएर मजबुत भएको थियो । ठीक उल्टो उनका समकक्षि न्हुच्छेनारायण श्रेष्ठ भने कमजोर सांगठनिक र व्यक्तिगत जीवनका कारण विवादित थिए ।

राजु श्रेष्ठको नेपाली कांग्रेस काठमाडौंमा आगमनसँगै काठमाडौंमा देउवा पक्ष बलियो बनेको देखिन्छ भने राजुको व्यक्तित्वका कारण चाक्सीबारी पनि उनीसँग नजिक छ । यदि आफ्नै नजिकका साथी बिनोदबाबु प्रधानले धोका नदिएको भए राजुको बिजयान्तर अझ निकै उँचो हुन्थ्यो । राजुको बिजयसँगै काठमाडौंका क्षेत्रहरुमा बिजय भएका सभापतिहरुको लाइनमा उनलाई भविष्यको काठमाडौं कांग्रेस हाँक्ने व्यक्तिको रुपमा लिन थालिएको छ । राजुको सबैसँग मिलेर जान सक्ने स्वभाव अनि सक्षमताले उनको राजनीतिक उचाई प्रदान गर्नेछ । चाक्सीबारीलाई पनि लामो रेसको घोडा चाहिएको छ भने देउवा पक्षलाई पनि त्यही स्वरुपको व्यक्ति चाहिएको छ । यो अवस्थामा काठमाडौंमा गगन थापाको प्रभावलाई कमजोर पार्न सक्ने एकमात्र नेताको रुपमा उदाएका राजु श्रेष्ठ सबैका लागि चाहिने घोडा भएका छन् ।

तपाइँको प्रतिक्रिया ।