आफ्नो क्षेत्रमा अग्नि परीक्षामा गगन थापा, राजु श्रेष्ठको प्रभावशाली चुनौति

आफ्नो क्षेत्रमा अग्नि परीक्षामा गगन थापा, राजु श्रेष्ठको प्रभावशाली चुनौति

कपन अनलाइन/ माघ २०, २०७२
नेपाली कांग्रेसको तेहौंँ महाधिवेशनका विभिन्न नतिजाले फाल्गुण १५ गते हुने केन्द्रिय महाधिवेशसनमा कस्को जीत हुने विषयमा यसै भन्न नसकिने अवस्था बनेको छ  । हालसम्म इकाई चरणको अधिवेशनले पार्टीभित्र रहेको कोइराला र देउवा दुवै पक्षको समानखाले नतिजा देखिएका छन् । इकाईका कतिपय नतिजाले नेपाली कांग्रेसभित्र देउवा पक्ष बलियो हुने हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । कोइराला पक्षभित्र धेरै गुटउपगुट रहनुले पनि नतिजा कोइराला पक्षभित्र रहँदैन भन्ने शंका चारैतिर फैलिएको हो । नेताहरु कुन गुटमा लाग्ने खेल पनि चलिरहेको छ । नेताहरु कता जाँदा फाइदा हुन्छ उतैतिर लाग्न थालेको देखिन्छ । करिब आधा दर्जन ठूला नेताहरु सभापतिका आंकाक्षी भनेर प्रचारप्रसारमा लागेको देखिन्छ भने उपसभापति एवम् महामन्त्रिका आकांक्षीहरुको लाम पनि लामै छ ।

१३ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ का सभापति उम्मेदवार राजु  श्रेष्ठ  साथमा  काठमाडौँ -४  का साम्सद  गगन कुमार थापा (कपन अनलाइन फाइल फोटो )
१३ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ का सभापति उम्मेदवार राजु श्रेष्ठ साथमा काठमाडौँ -४ का सभासद गगन कुमार थापा (कपन अनलाइन फाइल फोटो )

महामन्त्रिमा युवा नेता तथा प्रखर वत्ता गगन कुमार थापाले दावी गरेपछि नेपाली कांग्रेसको यो अधिवेशन धेरै अर्थमा महत्वपूर्ण हुने राजनीतिक टिप्पणीकारले बताउँदै आएका छन् । पहिलो कुरा, नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक नेकाको प्रमुख नेतृत्व कोइराला परिवारभन्दा बाहिर जानेछ भने दोस्र,  गगन कुमार थापालगायत केही युवा नेता नेतृत्वदायी भूमिकामा पुग्नेछन् । समग्रमा नेपाली कांग्रेसले केही परिवर्तन दिन सक्नेछ यो महाधिवेशनले ।

देशका प्रायः सबैले भविष्यमा देशका नेताको रुपमा देख्न चाहेको व्यक्तिहरुमध्ये युवा नेता गगन कुमार थापा अग्रणी व्यक्ति हुन् । उनको नामैले पनि देशमा बस्नेहरुलाई केही आशाको संचार हुने गर्दछ । थापालाई नेपाली कांग्रेसको नेतृत्वमा पुगुन् भन्ने् चाहनेहरुको ठूलो भीड नेपालमा रहेको छ । आशा गरिएका धेरै नेतालाई भोगिसकेकाका लागि गगन थापा भोग्न बाँकी नेपाली नेताको रुपमा लिइएको छ । सार्वजनिक स्थानमा एक सेलिब्रेटिको रुपमा उनको उपस्थिति हुने गरेकोले पनि नेपाली राजनीतिमा उनलाई धरोहरको रुपमा लिइएको हो । यद्यपि पछिल्ला केही संस्करणमा उनलाई संदिग्ध व्यक्तिसँगको बसउठ र कामभन्दा बोल्ने बढि भनेर आरोप लाग्ने गरेको छ । उनलाई जसरी जनता तथा कार्यकर्ताले आशा गरेका थिए त्यो अनुसार उनी खरो उत्रन सकेनन् भन्ने आरोप लागिरहेको बेलाको १३ आँै महाधिवेशन र उनको महामन्त्रिको दावेदारीलाई धेरैले महत्वको साथ हेरेको देखिन्छ ।

यसबीच इकाइस्तरको अधिवेशन सकिँदा गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा उनको पार्टीगत बिजय कस्तो रहने बारेमा पनि सबैको नजर रहेको छ । १२ आँै अधिवेशनमा पनि कडा टक्कर दिएका राजु श्रेष्ठ यसपाला पनि गगन थापालाई टक्कर गर्न तयार भएर लागेपछि यसपाला काठमाडौँ क्षेत्र नं. ४ गगन थापाको पक्षबाट बाहिरिने धेरैको आंकलन गर्न थालेका छन् । गगन थापाले स्वयम् पनि यो अप्रत्याशित नतिजा नआओस् भन्ने सोचेर आफ्नो प्यानल जिताउन लागि परेका छन् तर उनका सारथीका कारण गगन थापाको नाउ डुब्ने खतरा देखिएको जानकारहरु बताउँछन् । हाल क्षेत्रीय सभापति न्हूच्छेनारायण श्रेष्ठको कृयाकलाप गगन थापा पक्षीय हुन नसक्दा संगठन कमजोर हुन पुगेको जानकारहरुको मत रहेको छ ।

त्यसको विपरित राजु श्रेष्ठ राजनीतिक तथा सामाजिक क्षेत्रमा बढि खटिएर संगठन तथा आफ्ना मान्छे बनाउन रातदिन लागिपरेका कारण लोकप्रिय बनेको धेरैले बताउँछन् । पछिल्ला दिन गगन थापा स्वयम् र न्हुच्छेनारायण श्रेष्ठसँग रुष्ट भएका धेरै नेता कार्यकर्ता राजु श्रेष्ठको प्यानलमा आएकाले श्रेष्ठको अवस्था मजबुत रहेको जानकारहरु बताउँछन् । इकाइ तथा नगरको अधिवेशनको नतिजाहरुलाई सरसर्ति केलाउँदा टक्कर कडा भए पनि राजु श्रेष्ठले बिजय पाउने धेरैले अनुमान गरिसकेका छन् । हाल क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठलाई सभापति पदमा फेरिएकपटक दोहोर्याउनु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो भन्ने धेरेको मत रहेको छ । श्रेष्ठको सट्टामा हाल क्षेत्रीय सचिव श्यामकृष्ण संगतलाई सभापतिमा उठाउनु बुद्धिमानी हुने उनीहरूको मत रहेको छ । सभापतिको उम्मेदवार दिने क्रममा हुने सानो भूलले यसपाला गगन थापाको राजनीतिबाट आफ्नै क्षेत्रमा आफ्नो वर्चस्व राख्न नसकेको भन्ने दाग लाग्ने देखिन्छ । यो दागले उनको महामन्त्रि पदको दावलाई पनि कमजोर बनाउनेछ । त्यसैले माघ २२ गते हुने क्षेत्रीय अधिवेशन गगन थापाका लागि अग्निपरीक्षा नै हुने देखिएको हो ।

तपाइँको प्रतिक्रिया ।