जीतको संघारमा होमनाथ तिमिल्सिना र श्याम डोटेल

जीतको संघारमा होमनाथ तिमिल्सिना र श्याम डोटेल

कपन अनलाइन/माघ १२, २०७२
नेकाको १३ औँ महाअधिवेशनअन्तर्गत इकाई अधिवेशनको मिति आउन अब ४ दिन बाँकी छ । देशभरी इकाईस्तरमा कस्का मानिस aआउने हुन् भन्ने आंकलन र प्रतिक्षासँगै नतिजा कसको पक्षमा जाने बारे सर्वेक्षकीय नतिजाहरु पनि सार्वजनिक हुन थालेका छन् । कतिपय इकाइहरुमा सर्वसम्मत बनाउन कसरत गरिँदै छ । इकाइस्तरमा सर्वसम्मत नहुने अवस्थामा क्षेत्र तथा जिल्ला वा केन्द्रिय नेताको पहलमा सर्वसम्मत गराउन पहल भएको जानकारीहरु प्राप्त भएका छन् । काठमाडौँ क्षेत्र नं. ४ का कतिपय इकाईहरुमा सर्वसम्मतिको प्रयास भएको कपन अनलाइन श्रोतले जनाएको छ । महानगरपालिका वडा नं. १, ३३, ८ र ७ मा सकभर सर्वसम्मत हुने एक नेपाली कांग्रेस क्षेत्रीय सदस्यले बताए ।

त्यसैगरी क्षेत्र नं. ४ मा पर्ने बुनपाका वडाहरुमा पनि सर्वसम्मतको प्रयास जारी रहेको छ । बुनपा वडा नं. १३, १८ र १९ मा सर्वसम्मत हुने सम्भावना व्यापक देखिएको छ । वडा नं. १३ मा इकाईमा दिलिप खत्री, वडा नं. १८ मा राधेश्याम कार्कीको सर्वसम्मत हुने करिब पक्का भएको छ भने वडा नं. मा पनि अच्यूत पौडेल वा सन्तोष भण्डारीमध्ये एकको सर्वसम्मत हुने करिब कन्फर्म देखिएको छ । वडा नं. १३ बाट बुथमा रामकृष्ण केसी, तेजकुमार केसी, शर्मिला केसी बुथमा सर्वसम्मत हुने देखिएको श्रोतको दाबी छ भने वडा नं. १८ मा शशि शर्मा, विनोद चालिसे र महालक्ष्मी अधिकारी सर्वसम्मत हुने बताइएको छ । वडा नं. १९ मा आत्माराम पौडेल, राजाराम बुढाथोकी र अच्यूत पौडेलमध्ये दुई बुथमा सर्वसम्मत हुने देखिएको छ भने महिला सदस्य भने बबिता थापा बुढाथोकी सर्वसम्मत हुने देखिएको छ ।

ttt3
बुनपाका सबैभन्दा ठूला दुई वडामा अहिलेसम्म सर्वसम्मत हुने पक्का नभैसके पनि वडा नं. १२ मा सर्वसम्मत गर्न प्रयास देखिएको छ भने वडा नं. १४ मा कुनै हालतमा सर्वसम्मत हुने बताइएको छ । वडा नं. १२ मा इकाई अध्यक्षमा श्याम डोटेल अर्थात डिल्लिप्रसाद डोटेल सर्वसम्मत हुन नसके पनि बिजयको करिब रहेको मानिएको छ । उनलाई सकभर सर्वसम्मत बनाउने प्रयास भैरहेको छ । यस वडाबाट धेरैजना बुथ सदस्यको दावीमा रहे पनि सागर बैजु र रामप्रसाद लुइँटेलको बिजय हुने अनुमान गरिएको छ । बैजु र लुइँटेलबाहेक खिला सापकोटा, अमित अधिकारी, दिपक कार्की र महेन्द्र पराजुलीले पनि बुथ सदस्यमा आफ्नो उम्मेदवारी हुने अनौपचारिक दावी गरेका छन् । पछिल्लो समय प्राप्त खबर अनुसार नारदमणि पौडेललाई पनि बुथमा लैजाने प्रयास भैरहेको छ ।

सर्वसम्मतको प्रयास अत्यन्त क्षीण रहेको मानिएको बुनपा वडा नं. १४ को राजनीतिक समिकरण हेर्दा होमनाथ तिमिल्सनाले बिजय हात पार्ने करिब निश्चित भएको छ । १२ औँ महाधिवेशनमा बुथ कमिटि सदस्यसमेत रहेका तिमिल्सिनासँग वर्तमान इकाई संयोजक टंक सापकोटा चुनावी मैदानमा हुने छन् । यस वडामा महिला सदस्यको मन्जु खतिवडा सर्वसम्मत हुने नसके पनि बिजयको नजिक रहेको बताइएको छ । खतिवडालाई सर्वसम्मत बनाउन प्रयास भैरहेको छ । महिला बुथ सदस्यमा कमला खनाल बोगटीले पनि इच्छा प्रकट गरेपछि खतिवडालाई सर्वसम्मत बनाउन प्रयास कमजोर भएको  हो । खनाललाई इकाईमा कोषाध्यक्ष बनाउने तयारी रहेको होमनाथ तिमिल्सिना समूहका एक सदस्यले बताए पनि कमला बोगटीले आफू बुथमानै उठ्ने बताइन ।

वडा नं. १४ को पुरुष बुथ सदस्यहरुमा पनि सर्वसम्मतिको संभावना देखिएको छैन । २ सदस्यीय बुथ सदस्यमा ४ जनाको दाबी देखिएको अबस्थामा होमनाथ तिमिल्सिनाको समूहले जसलाई समर्थन गर्दछ उसैले जित्ने अनुमान गरिएको बताइए पनि हालसम्म वडा नं. १४ मा कसैले पनि यो प्यानलेका भनेर हिँडेको देखिएको छैन । यद्यपि विश्वनाथ दाहाल सभापतिका दावेदार टंक सापकोटासँग भोट माग्न हिँडको देखिन्छ । हालसम्मको अवस्थामा बृहस्पति चालिसे र केशव पाठक होमनाथ तिमिल्सिनाको प्यानलबाट उठ्ने संभावना देखिएको भए पनि अझै सम्म तिमिल्सिनाले को को उम्मेदवार आफ्नो प्यानलको भनेका छैनन् । कपन अनलाइनका प्रधान सम्पादकसमेत रहेका केशव पाठकसहित नेपाल रेडक्रश सोसाइटी कपनका अध्यक्ष वृहस्पति चालिसे, कानुन व्यवसायी विश्वनाथ दाहाल र वर्तमान क्षेत्रीय उपसभापति केशव ढकाल वडा नंं १४ को मैदानमा छन् ।

तपाइँको प्रतिक्रिया ।