जोसेफ स्कूलमा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु (फोटो फिचर)

जोसेफ स्कूलमा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु (फोटो फिचर)

निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतको सातौं राष्ट्रिय रनिङ्ग शिल्ड प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका १२ मा रहेको जोसेफ हाई स्कूलमा हिजो माघ १० गते एक भव्य कार्यक्रमका बीच शुरु भएको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले उद्घाटन गर्नुभएको प्रतियोगिता जिल्ला खेलकूद विकास समिति र जोसेफ हाई स्कूलले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

IMG_4229
निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका १० वटा सामुदायिक एंव निजी विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रमको हिजो पहिलो दिनमा भलिबलको एउटा खेल भएको थियो भने ज्याबलिङ्ग, हाई जम्प, लङ्ग जम्प, सट पुट, ट्रिपल जम्पका खेलहरु भएका थिए । जस अन्तर्गत जोसेफ स्कूल र जुगल स्कूलका बीच भएको छात्रहरुको भलिबल प्रतियोगितामा जोसेफ स्कूल विजयी भएको थियो । त्यसैगरी सेन्ट देविस स्कूल र बालउद्धार उमाविका बीच भएको प्रतियोगितामा सेन्ट देविस विजयी भएको थियो । आज जोसेफ र सेन्ट देविसका बीच फाईनल हुने बताईएको छ ।

IMG_4280
त्यसैगरी, ज्याबलिङ्गको छात्रा तर्फ जुगल ईङ्गलिश मिडियम सेकेण्डरी स्कूल प्रथम र जोसेफ हाई स्कूल द्धितिय भएका छन् भने छात्र तर्फ जोसेफ प्रथम र जुगल द्धितिय भएका छन् ।

IMG_4312
हाई जम्पमा छात्रा तर्फ सेन्ट देविस प्रथम र जोसेफ द्धितिय भएको छ भने छात्र तर्फपनि सेन्ट देविस नै प्रथम भएको छ भने ग्यालेक्सी पब्लिक स्कूल द्धितिय भएको छ ।

लङ्ग जम्पमा छात्रा तर्फ जोसेफ र द्धितियमा पनि जोसेफ नै भएको छ । त्यसैगरी छात्र तर्फ सेन्ट देविस प्रथम र ग्यालेक्सी द्धितिय भएको छ ।
सट पुटमा छात्र तर्फ प्रिन्सटन प्रथम र ग्यालेक्सी द्धितिय भएको छ । त्यसैगरी छात्रा तर्फ जुगल प्रथम र द्धितिय नै जुगल स्कूल भएको छ ।
ट्रिपल जम्प अन्तर्गतको छात्र तर्फ प्रथम जोसेफ स्कूल र द्धितियमा पुष्पलाल स्कूल भएको छ । छात्रा तर्फको ट्रिपल जम्प भने आज हुने बताईएको छ ।
भोली समापन हुने बताईएको प्रतियोगितामा आज भलिबल खेलको फाईनल, कबड्डी र एथलेक्टिक्सका सबै खेल हुने आयोजकले बताएका छन् ।

IMG_4189 IMG_4407 IMG_4471 IMG_4472 IMG_4479 IMG_4551

तपाइँको प्रतिक्रिया ।