वडा नं. १९ मा सबैजना तथा वडा नं. १४ मा मन्जु खतिवडा सर्वसम्मत हुने !

नेपाली कांग्रेस १३ औँ महाधिवेशनको रन्को !!!

Nepali-Congress-Party-Flag

कपन अनलाइन/माघ १०, २०७२
नेपाली कांग्रेसको इकाई अधिवेशन नजिकिँदै गर्दा चारैतिर चर्चा परिचर्चा व्याप्त छ । कुन प्यानलका अनि कस्ता व्यक्तिहरु बुथ वा इकाइमा आउने छन् भन्ने विषयले चर्चा, छलफल, विवाद निम्त्याइरहेको छ । देशैभरी माघ १५ गते एकसाथ हुन लागेको इकाइस्तरीय अधिवेशनका लागि उम्मेदवारहरु जोडतोडका साथ आफ्नो विजयी अभियान चलिरहेका छन् । चिया पसलदेखि भट्टि पसलससम्म यतिखेर नेका अधिवेशनकै चर्चा रहेको छ । नेका अधिवेशनमा कतिपय ठाउँ विपक्षी दलहरुले पनि चासो लिएको र हारजीतमा कारक तत्व बन्ने कुरा सार्वजनिक भैसकेको छ ।

शुन्यको आसपासमा रहेको राजधनी तापक्रमलाई नेका अधिवेशनले तातो बनाइ रहेको छ । सभासद गगन थापाको क्षेत्र, काठमाडौं ४ मा इकाइ अधिवेशनको सरगर्मी दिनभरीजस्तै देख्न पाइन्छ । सडक चोक गल्लि वा सामाजिक सन्जाल जताततै नेका अधिवेशन छाएको छ । कतै निर्वाचनबाट इकाई अधिवेशन टुंग्याउने तयारी भैरहेको छ भने कतै सर्वसम्मत बनाउने तयारी भैरहेको छ ।

कपन अनलाइन श्रोतका अनुसार बुनपा वडा नं. १९ मा इकाइसहित बुथका सबै सर्वसमम्त बनाउने तयारी अन्तिम चरण छ । इकाईका एक सदस्यका अनुसार वडा नं. १९ मा सर्वसम्मत टीमको घोषण हुन मात्र बाँकी रहेको छ । यस वडामा सर्वसम्मत हुनसक्नेहरुमा इकाई सभापतिमा पूराना नेका नेता अच्यूत पौडेलसहित बुथमा नेपाली कांग्रेसका काठमाडौंको उत्तरी भेककै पूराना नेता आत्माराम पौडेल र राजाराम बुढाथोकी रहेका छन् । त्यसैगरी महिला प्रतिनिधि सदस्यमा बबिता थापा बुढाथोकी पनि सर्वसम्मत हुनेछन् ।

त्यस्तै बुनपा वडा नं. १४ मा महिला क्षेत्रीय प्रतिनिधि सर्वसम्मत हुने देखिएको छ । १२ औँ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि रहिसकेकी मन्जु खतिवडा यस अधिवेशनमा पनि सर्वसम्मत हुने देखिएको हो । मन्जु खतिवडाको विपक्षमा हालसम्म कुनै नाम महिला प्रतिनिधिको रुपमा नआउनुले उनी सर्वसम्मत हुने आंकलन गरिएको हो । यस वडामा देखिएको टंकप्रसाद सापकोटा तथा होमनाथ तिमिल्सिनाको दुवै प्यानलले मन्जु खतिवडालाई सर्वसम्मत गराउन तयारी गरेको बताइएको छ । यद्यपि वडा नं. १४ मा हालसम्म इकाई तथा क्षेत्रीय प्रतिनिधि पुरुषमा भने कुनै सहमति हुने देखिएको छैन । इकाईमा हालका इकाई संयोजक टंक सापकोटा र होमनाथ तिमिल्सिना उठ्दैछन् भने यस वडाबाट पुरुष क्षेत्रीय प्रतिनिधिको रुपमा केशव ढकाल, विश्वनाथ दाहाल, केशव पाठक र बृहस्पति चालिसे एकाआपसमा प्रतिष्पर्धा गर्दैछन् ।

तपाइँको प्रतिक्रिया ।