भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ चैत्यको जीर्णोद्धार सुरु

भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ चैत्यको जीर्णोद्धार सुरु

काठमाडौँ, ८ माघ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यको जीर्णोद्धार सुरु गरेको छ ।

गत वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि आएका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिममा परेपछि चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने गोलाद्र्धको माथिल्लो भागमा रहेका हार्मिका तथा त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा पुगेका छन् ।

timthumb (1)

त्यस्तै, महायानी बौद्ध अभ्यासका लागि पुरानो मानिने सो चैत्य कहिले, कसले निर्माण गरेको एकिनका साथ भन्न नसकिए पनि विभिन्न किम्बदन्ती पाइन्छ ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न समितिलाई अनुमति दिएपछि जीर्णोद्धार कार्यअघि बढाइएको हो । त्यस चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार पूरा गरिने समितिले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्य जीर्णोद्धारका लागि पुरातत्व विभागको प्राविधिक सहयोगमा समितिले जीर्णोद्धार सुरु गरेको र एक वर्षको अवधिमा कार्य सम्पन्न गर्ने समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले विभिन्न माध्यमबाट सङ्कलन गरेको आर्थिक स्रोतका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ सङ्घसंस्थाबाट प्राप्त हुने आर्थिक सहयोग खर्च गरी मर्मत कार्य सुरु गरिएको छ ।

मर्मत कार्य सम्पन्न गर्न करिब रु १८ करोड खर्च लाग्ने अनुमान छ ।

तपाइँको प्रतिक्रिया ।