मध्यरातमा ४.६ रेक्टरको पराकम्पको झड्का

काठमाडौँ, ८ माघ । धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मेनजिकै केन्द्र बनाएर मध्यरातमा ४.६ रिक्टर स्केलको पराकम्प गएको छ ।

बिहान १ बजेर ७ मिनेट जाँदा ४.६ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पको झड्का राजधानीका बासिन्दाले पनि अनुभव गरेका थिए । क्षतिको विवरण भने अझै आएको छैन ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन । अहिलेसम्म ४ रिक्टर स्केलभन्दा माथिको क्षमताका ४२७ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।