कास्कीमा काँग्रेस महाधिवेशनको चहलपहल बढ्यो नीति र कार्यक्रमका साथ समाज र राष्ट्रको नेतृत्व गर्नुपर्ने जनअपेक्षा

कास्कीमा काँग्रेस महाधिवेशनको चहलपहल बढ्यो नीति र कार्यक्रमका साथ समाज र राष्ट्रको नेतृत्व गर्नुपर्ने जनअपेक्षा

वासुदेव पौडेल/ पोखरा, ७ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको कास्कीमा चहलपहल बढेको छ । केन्द्रदेखि जिल्ला क्षेत्र हुँदै नगर, गाउँ र वडासम्मका अधिवेशनको मिति तय भइसकेको अवस्थामा नेतृत्व हत्याउने होडबाजी पनि उत्तिकै छ । पार्टी कार्यालयदेखि चियापसल र चोकमा यतिखेर केन्द्र जिल्ला हुँदै वडासम्मको नेतृत्वमा कसले बाजी मार्छ भन्ने चर्चाले ठाउँ पाउन थालेको छ ।

महाधिवेशनको सन्दर्भ पारेर कास्कीमा विभिन्न कार्यक्रमका साथ शीर्ष नेताको आगमन भइरहेका कारण पनि यहाँको चुनावी माहोल पछिल्लो एक महिनाको अन्तरालमा निकै बढेको हो ।

पश्चिमाञ्चलको केन्द्रका रुपमा रहेको यहाँको प्रभाव आसपासका जिल्लामा पनि विभिन्न रुपमा पर्ने गरेका कारण यतिखेर कास्की काँग्रेस सबैको आकर्षण बनेको छ । आसन्न महाधिवेशनका लागि जिल्लाको चारवटै क्षेत्रमा अघिल्लो महाधिवेशनभन्दा क्रियाशील सदस्यता बढेको छ ।

चार निर्वाचन क्षेत्र रहेको जिल्लामा काँग्रेसका क्षेत्र नं १ मा तीन हजार ७४८, क्षेत्र नं २ मा दुई हजार ३४०, क्षेत्र नं ३ मा दुई हजार ७६५ र क्षेत्र नं ४ मा तीन हजार ९० जना क्रियाशील सदस्य छन् ।

कास्की विगतदेखि नै क्रियाशील सदस्यता विवाद नभएको जिल्लामा पर्दछ ।

तेह्रौँ महाधिवेशनमा लिइने नीति तथा कार्यक्रम कस्तो हुनेभन्दा पनि नेतृत्वकै चर्चाले यतिखेर पार्टीका कार्यकर्तामाझ ठाउँ पाएको देखिन्छ । देशमा राजनीतिक परिवर्तनका लागि काँग्रेसले लामो समयदेखि सङ्घर्ष र अगुवाइ गरेको बताउने पार्टीका कार्यकर्ता परिवर्तनलाई संस्थागत गर्ने कुरामा पनि काँग्रसको नेतृत्वदायी भूमिका आवश्यक हुने र त्यो भूमिकालाई बहन गर्न सक्ने नेतृत्व चयन हुनुपर्ने बताउँदै आएका छन् ।

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा परिवर्तनलाई आत्मसात् गरी पार्टीभित्रको आन्तरिक व्यवस्थापन र देशमा संविधानको कार्यान्वयनका साथै विद्यमान चुनौतीको सामना गर्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताउनुहुन्छ ।

“समय सापेक्ष चुनौतीको सामना गर्ने नेतृत्व चयन गर्नु महाधिवेशनको प्रमुख आवश्यकता हो,” उहाँले भन्नुभयो, “पार्टी सङ्गठनलाई मजबुत बनाउने र देशभित्र अन्य राजनीतिक दलबीच नीति, विचार र कार्यक्रमबाट प्रतिष्पर्धामा नेतृत्व गर्ने व्यक्ति यस पटकको महाधिवेशनले निर्वाचित गर्नुपर्छ ।”

शर्मा जस्तै नेपाली काँग्रेस कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापा पनि काँग्रेसका अगुवाइमा भएका महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न सक्ने नेतृत्व देशले काँग्रेसबाट अपेक्षा गरेको बताउनुहुन्छ ।

“नवीनतम् नीति र कार्यक्रमका साथ काँग्रेसलाई समय सापेक्ष गतिशील बनाएर लैजाने सक्षम नेतृत्व वर्तमानको आवश्यकता हो,” थापाले भन्नुभयो, “पार्टीको नेतृत्व केन्द्रमा मात्र नभएर जिल्ला क्षेत्र हुँदै वडा तहसम्म पार्टी सङ्गठन मजबुत बनाउँदै राष्ट्र एवम् समाजलाई महत्वपूर्ण योगदान दिनसक्ने नेतृत्व चयन गरिनुपर्छ ।”

केन्द्रीयस्तरमा नेतृत्व कसले हात पार्ने भन्ने चर्चा छ भने जिल्ला र स्थानीय तहमा पनि कसलाई निर्वाचित गर्ने भन्ने सम्बन्धमा कार्यकर्तामाझ चर्चा हुने गरेको छ । पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने र समाजका विकास निर्माणमा सक्रिय बन्न सक्ने नेतृत्व स्थानीय रुपमा अपेक्षित हुने गरेको नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ का सभापति आइतबहादुर गुरुङले बताउनुभयो ।

महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि तछाडमछाड भएको बताउँदै सभापति गुरुङले समयलाई चिनेर सामाजिक विकास र जनताको भावनालाई प्रतिनिधित्व गर्ने व्यक्तिलाई अधिवेशनबाट निर्वाचित गनुपर्ने बताउनुभयो ।

गुरुङ जस्तै नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने पार्टीमा योगदान गरेको, सामाजिक एवम् व्यवहारिक भावना बोकेको जनप्रेमी व्यक्तिलाई अधिवशेनबाट निर्वाचित गनुपर्ने धारणा राख्नुहुन्छ । “राजनीतिलाई आफूले केही पाउनेभन्दा पनि राज्य र समाजलाई केही दिने भन्ने सोचका व्यक्तिबाट मात्र पार्टी सङ्गठन र राष्ट्रका लागि हित हुन सक्छ”– उहाँले भन्नुभयो ।

समाजका प्रत्येक वर्ग र समुदायका माग, सरोकार र सपना काँग्रेसको नीति, गतिविधि र नेतृत्वमा प्रतिविम्बत हुनुपर्ने काँग्रेस नेता सुदिपमोहन भट्टराईको भनाइ छ । “विचार, कार्यक्रम र कार्ययोजनासहितको नेतृत्व चयन गर्नु वर्तमानको आवश्यकता हो,” भट्टराईले भन्नुभयो, “आसन्न तेह्रौँ महाधिवेशनले विचार, कार्यक्रम र स्पष्ट दृष्टिकोण भएका परिश्रमी सदस्यको प्रभावकारी पार्टीका रुपमा काँग्रेसलाई स्थापित गर्नु आवश्यक छ ।”

पार्टीले गाउँ, वडा र नगरको अधिवेशन यही माघ १५ गते सम्पन्न गर्ने र कुनै वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भएमा नगर अधिवेशन माघ १६ गते गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै क्षेत्रीय अधिवेशन माघ २२ मा र जिल्ला अधिवेशन माघ २५ मा

तपाइँको प्रतिक्रिया ।