जानकी मन्दिर तोडफोडका आरोपित धरौटीमा रिहा

जानकी मन्दिर तोडफोडका आरोपित धरौटीमा रिहा

महेन्द्रनगर(धनुषा), ७ माघ । जनकपुरस्थित जानकी मन्दिरभित्र तोडफोड गरेको आरोपमा पक्राउ परेका जनकपुर उपमनपा–९ थापाचोक बस्ने ४० वर्षीया शिला झा र उमाप्रेमपुरका २१ वर्षीय अशोककुमार परसैला जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरको दर्शन गरेर फर्केपछि उनीहरूले मन्दिरभित्र प्रवेश गरी तोडफोड गरेको आरोप लागेको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले आरोपितलाई जनही रु ७० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका रजिस्ट्रार नन्दकिशोर यादवले बताउनुभयो ।

राष्ट्रपतिको आगमनपछि विरोधमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताले जानकी मन्दिरभित्र प्रवेश गरी मन्दिरको गर्भ गृह तोडफोड गरेका थिए । मन्दिर तोडफोड गरेको आरोपमा झा र परसैलालाई गत पुस ९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।