छोटो लुगा लगाएको भन्दै सलमान खानले कुटे क्याट्रिनालाई……….

बलिउडमा यति बेला नायक सलमान खानले नायीका क्याट्रिना कैफमाथी कुटपिट गरेको हल्लाले बजार पाएको छ। एक भारतीय पत्रिकाले यसको बारेमा लेखेपछि यसमाथी चर्चा परिपर्चा शुरु भएको हो ।

उक्त पत्रिका अनुसार चलचित्र एक था टाइगरको शुटिङको समयमा क्याट्रिना कैफ छोटा कपडामा शुटिङस्थलमा पुगेपछि उनलाई सलमानले पहिले चर्को गाली गरे त्यतिले नपुगेपछि उनलाई पिट्न समेत भ्याएका थिए ।
शुटिङ स्थलमा क्याट्रिना भ्यानिटि भ्यानबाट बाहिर निक्लिदाँ उनी निकै छोटा लुगामा देखेपछि सलमानको पारो चढेको थियो र उनले आफ्नो ‘दबंग’ रुप देखाएको पत्रिकाको दावी रहेको छ ।
नजिकै शुटिङ गरि रहेकी अर्की नायीका करिना कपुरले गएर संझाएपछि मात्र नायक सलमान शान्त भएको बताइन्छ ।
यो समाचारको बारेमा नायक सलमान र नायीका क्याट्रिनाले भने प्रतिक्रिया दिएका छेनन् तर उनीहरुका नजिका मानिएका केही मानिसहरुले भने यसको खण्डन गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।