विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई दिनेबारे अख्तियारको स्पष्टिकरण माग

२० असार, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलको ब्यवस्थापन भारतीय कम्पनीलाई दिने सरकारी तयारीबारे नागरिक उड्डयन प्राधिकारणका महानिर्देशक त्रीरत्न मानन्धरसँग स्पष्टीकरण माग गरेको छ ।
सरकारले त्रिभुवन विमानस्थलको ब्यवस्थापन एक भारतीय कम्पनीलाई दिने तयारी गरिरहेको समाचार सार्वजनिक भएपछि आयोगले यसबारे तीन दिनभित्र स्पष्टिकरण दिन माग गरेको हो । प्राधिकरणले दिने जवाफका आधारमा थप अनुसन्धान अघि बढाइने आयोगले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण र आफ्नै स्रोतबाट स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरिरहँदा सरकारले नवगठित लगानी बोर्डमार्फत भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अघि बढाएको हो ।
तपाइँको प्रतिक्रिया ।