सांसद् गुरुङबाट विद्यालयलाई सात लाख सहयोग

जिरी, ३० पुस । जिरी नगरपालिका–१ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालय मालीको भवन निर्माण गर्न दोलखा क्षेत्र नं १ का संसद् पार्वत गुरुङले सात लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

भूकम्पले विद्यालयको सातवटै भवन भत्किएर हिमाली क्षेत्रमा रहेको यस विद्यालयमा पठनपाठन गर्न कठिनाइ भएपछि तत्काल विद्यालयमा भवनको व्यवस्था गर्न संसद्कोषबाट रकम उपलब्ध गराएको संसद् गुरुङले जानकारी दिनुभयो ।
भूकम्पले दुई करोडभन्दा बढीको क्षति पु¥याएपछि विद्यालयको भौतिक संरचनाको व्यवस्थापन गर्न अर्थाभावका कारण कठिनाइ भइआएको विद्यालयका प्रधानाध्यापक आङ्गबाबा शेर्पाले बताउनुभएको छ ।

शेर्पा समुदायमा सञ्चालित यस विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन् । सांसद् गुरुङले विद्यालयको ५३औँ वार्षिकोत्सवको अवसरमा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई नगद पुरस्कारले सम्मान गनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।