भारतीय राजदूत रणजित रायसँग प्रचण्डको भेट :नाकाबन्दी तत्काल अन्त्य होस्

भारतीय राजदूत रणजित रायसँग प्रचण्डको भेट :नाकाबन्दी तत्काल अन्त्य होस्

काठमाडौँ, १९ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा उहाँले लामो समयसम्म नाकाबन्दी कायम हुनुले दुई देशबीच लामो समयदेखिको सम्बन्धमा समेत राम्रो नगर्ने बताउनुभयो ।

timthumb

अध्यक्ष दाहालले अघोषित नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस् र वातावरण सहज होस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्नुभएको थियो ।

तराई–मधेसको समस्या आन्तरिक विषय भएकाले त्यसलाई सहज ढङ्गले समाधान गर्न लागिपरेको र केही दिनभित्रै आन्तरिक विषय समाधान हुने भएकाले अवरुद्ध रहेका दक्षिणी नाका तत्काल खुलोस् भन्ने अपेक्षा अध्यक्ष दाहालले राख्नुभएको थियो ।

भेटमा भारतीय राजदूत रायले भारत सरकारले पनि तत्काल समस्या समाधान होस् भन्ने चाहेको बताउनुभएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।