“मोबाईल नम्बर: ९८५१०५०८८८ “

“मोबाईल नम्बर: ९८५१०५०८८८ “

अशोकराज पाण्डे/ कपन अनलाइन

“९८५१०५०८८८ ” यो मोबाईल नम्बर नोट गर्नुहोस् । यो नम्बर तपाईलाई जुनैपनि समय आवश्यक हुन सक्छ किनकि यो मोबाईल नम्बर हो पहिलो चोटी महानगरीय प्रहरी प्रभाग कपनमा दरबन्दी सहित आएका प्रहरी निरिक्षक फणिन्द्र रानाभाटको ।

12434170_981964455175947_620013094_n

शुक्रबार कपन चौकीमा स्थानीय बुद्धिजीवि, पत्रकार, समाजसेवी, टोल सुधार समितिका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा निरिक्षक रानाभाटले आफ्नो सम्पर्क नम्बर शुरुमै दिदैँ कपन आसपासमा कुनैपनि घटना घटेमा वा कुनै पनि शकास्पद गतिविधि देखिएमा यो नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने बताए ।

उनले आफ्नो मन्तव्यको शुरुमा नै भने – ‘‘ यदि मैले जनताको एक पैसा पनि भष्ट्रचार गरेको पाउनुभयो भने जनताले जस्तोसुकै सजाय दिएपनि आफू स्वीकार्न तयार रहेको र आफू मातहतका अन्य स्टाफले पनि भष्ट्रचार गरेको थाहा पाए नछोड्ने बताए । ’’

12435672_981964448509281_828961506_n

परिचयात्मक कार्यक्रम उपस्थित विभिन्न व्यक्तित्वहरुले अहिले भईरहेको कालोबजारी, महँगी नियन्त्रण गर्न कपन प्रभागलाई सुझाव दिएका थिए । साथै कपन आसपासमा हुने चोरी, डकैती, लागुऔषधको कारोबार लगायतका समस्या रहेको पनि उपस्थित स्थानीयले आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले स्थानीयहरुको सहयोग र सदभाव रह्यो भने कपन तथा आसपासबाट अपराध नियन्त्रण गर्न हदैसम्मको योजना लागू गर्ने बताएका थिए ।

योपनि पढ्नुहोस्

कपन प्रहरी प्रभागमा दरबन्दीसहित रानाभाट नयाँ प्रहरी निरीक्षक 

 

तपाइँको प्रतिक्रिया ।