कपन प्रहरी प्रभागमा दरबन्दीसहित रानाभाट नयाँ प्रहरी निरीक्षक

कपन प्रहरी प्रभागमा दरबन्दीसहित रानाभाट नयाँ प्रहरी निरीक्षक
कपन अनलाइन\०७२ पुष ५
सुरक्षा चुनौतीका हिसाबले उत्तरी भेगकै महत्वपूर्ण स्थान भनेर चिनिने बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपन तथा महानगर पालिकाको गोपीकृष्ण नगर ,सरस्वती नगर तथा रामहिटी हेर्दै आएको कपन प्रहरी प्रभागमा दरबन्दी सहित नयाँ प्रहरी निरीक्षक फडेन्द्र रानाभाट आइपुगेका छ्न । प्रभागले आज एक कार्यक्रमकाबीच  प्रहरी निरीक्षक शिब प्रसाद बुढाथोकीलाई बिदाई तथा नयाँ निरीक्षक रानाभाटलाई स्वागत गरेको थियो ।
Kapan Police _Fadendra_Ranabhat
स्वागत कार्यक्रममा कार्यरत कर्मचारीहरुका बिचमा रानाभाटले भने पुराना समयमा भएका महत्वपूर्ण कार्यहरुलाई संस्थागत गर्दै लैजाने तथा नयाँ सुरक्षा सम्बन्धि योजना तत्काल बनाउने बताए । नयाँ सुरक्षा योजनाको बारेमा बताउँदै रानाभाटले  कपनमा तथा आसपासका क्षेत्रमा हुने गरेको बालुवाको अवैध चोरी, लागूऔषध नियन्त्रण तथा सुधार गर्ने भनेर खुलेका सुधार केन्द्रहरुले गर्ने लागुऔषध कारोबार, कपन मिलनचोक देखि तेन्जिन चोकमा बाटो बन्द गरि सन्चालन गरिएका फुटपाथ पसल, अवैध रुमपा संचालित देह ब्यापार, घरैपिच्छे खुलेका घरेलु मधिरा उत्पादन तथा कारोबार, करिब ५५ जना हाराहारीमा रहेका राज्यका वरिष्ठ व्यक्तिहरुको सुरक्षा लगाएत को विषयहरु रहेको उनले बताए । उनले आफ्नो सुरक्षा योजनामा समेट्नलागेको र नागरिक अन्तरक्रियाबाट थप समस्या पहिचान गरि कार्यक्रम सार्वजनिक गर्ने उनले बताए  ।
कपन प्रहरी प्रभागमा आउने रानाभाट पाँचौ प्रहरी निरीक्षक हुन् । उनीभन्दा अगाडी कपनमा नवराज ढुंगाना, दिलिप प्रजापती , रविन्द्र भट्ट र शिवकुमार बुढाथोकी निरीक्षक भएर पदभार संहालेका थिए । निरिक्षकको दरबन्दी पश्चात अब कपन प्रहरी प्रभागमा दुई जना प्रहरी नायव निरीक्षक,३ जना साहयक निरिक्षक गरी ४० जनाको दरबन्दी कायम हुनेछ । इन्धन , आवास लगायत अन्य विभिन्न सेवा सुविधा पनि अब कपन प्रहरीले पाउने भएको छ ।
यो पनि पढ्नुहोस 
तपाइँको प्रतिक्रिया ।