विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह

विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह

जनकपुरधाम, ७ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन धनुषाले विद्यालय सञ्चालनको वातावरण निर्माण गर्न आन्दोलनरत शक्तिलाई आग्रह गरेको छ ।

समितिको पदाधिकारीको बैठकले सोका लागि संवाद तथा वार्ताको प्रयासको वातावरण निर्र्र्माणतर्फ ध्यानाकर्षण गराएको छ । बैठकले शैक्षिक क्षेत्रको वातावरण अमर्यादित भएकामा दुःख व्यक्त गर्दै केही समययता शैक्षिक प्रतिष्ठान बन्द भएको घटनालाई भ्रम उत्पन्न हुने गरी प्रचारप्रसार गरिएकामा आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष देवनाथ पाण्डेयले मधेसमा जारी आन्दोलनप्रति समितिको समर्थन रहेको छ भन्दै यहाँका निजी विद्यालय आन्दोलनविरुद्घ छैनन् भन्नुभयोे । शैक्षिक प्रतिष्ठानले विद्यालय बन्द भएको समय अवधिको शुल्क बुझाउन पटक पटक ताकेता र दबाब दिएपछि समाजवादी विद्यार्थी सङ्घले अनिश्चितकालका लागि विद्यालय बन्द गराएको छ । रासस

तपाइँको प्रतिक्रिया ।