जोरधारामा अत्याधुनिक फिल्टर जडान गरिदैँ

जोरधारामा अत्याधुनिक फिल्टर जडान गरिदैँ

कपन अनलाइन\४ पुष, २०७२
बूढानीलकण्ठ नगरपालिकाकै सबैभन्दा ठूलो सामाजिक संस्थाको रुपमा परिचित जोरधारा खानेपानी संस्थाले खानेपानीको सुद्धतालाई प्रमुख महत्व दिँदै अत्याधुनिक फिल्टर प्रबिधि जडान गर्न भएको छ । करिब १००० घरलाई खानेपानी वितरण गर्दै आएको जोरधारा खानेपानी संस्थाले बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १२, १३, १४ र १५ का धेरै टोलहरुमा खानेपानीको आपूर्ति गर्दै आएको छ । १ दशक अघि स्थापित यस संस्थाले हाल हरेक घरमा २ दिन बिराएर १००० लिटर पानी वितरण गर्दै आएको छ ।

12399820_10208373339790593_342246843_o
स्थापनादेखि लामो समयसम्म नेतृत्व गर्ने व्यक्तिहरुको विवादका बीच करिब १ वर्ष अघि आएको नयाँ नेतृत्वले महत्वपूर्ण उपलब्धि हासिलको पाइलामा अघि बढेको छ । ध्रुवराज न्यौपानेको नेतृत्वमा बनेको नयाँ कार्य समिति बनेपछि जोरधाराका उपभोक्ताहरुमा खानेपानीको गुनासो कम हुन थालेको छ । नियमित खानेपानीमा गुनासो तथा समस्या कम देखिएपछि संस्थाले चाँडै नै अत्याधुनिक प्रविधिको फिल्टर सिस्टम जडान गर्न लागेको अध्यक्ष ध्रुवराज न्यौपानेले बताए । पानीको सुद्धतालाई पनि विशेष महत्व दिन लागेको बताउँदै अध्यक्ष न्यौपानेले सामन्यस्वरुपको फिल्टरले पानीको सुद्धतामा केही प्रश्नहरु उठ्ने गरेकोले केही लगानी नै गरेर विशेषखाले फिल्टर प्रबिधि जडान गर्न लागिएको बताए । गत वर्ष हिँउदमा गएका सुख्खा पहिरोको कारण जोरधाराको मूख्य पानी ट्यांकीभन्दा माथि रहेको ढिस्को खस्नाले पुगको ठूलो क्षतिलाई संहाल्न लामो समय खर्च गर्नु परेको बताउँदै न्यौपानेले माउण्ट कैलाशको सो डाँडोलाई दीर्घकालिनरुपमा पहिरो नजाने बनाउन ठूलो मेहनत गरेको बताए । अझ धेरै काम गर्न बाँकी रहेको पनि उनले बताए ।

1899191_10208373326590263_1182895486_n

पानी वितरण बाकसमा विशेष बिर्काे बनाइँदै
जोरधारा खानेपानीले वितरण गर्ने पाइप प्रणाली अन्तर्गत टोलटोलमा राखिएको वितरण बाकसको बिर्काे विशेषरुपले डिजाइन गरिएको छ । जोरधाराका महासचिव टंक सापकोटाले दिइएको जानकारी अनुसार अब यो बिर्काे लगाइसकेपछि पानी वितरण गर्ने कर्मचारी तथा स्थानीयले बेलाबेलामा पानीको स्विच चलाउने आरोप आउँदैन । महासचिब सापकोटाले अब लगाइने नयाँ बिर्काेमा दुइवटा ताल्चा लगाइनेछ भने जसमा उपभोक्ताको घरघरमा पुग्ने पाइपको स्विचको ताल्चाको साँचो संस्थामा रहनेछ भने पानी वितरण गर्ने मूख्य पाइपको ताल्चा साँचोमात्र कर्मचारीको हातमा रहने छ । ताल्चा साँचोको नयाँ स्वरुपसहितको बिर्काे अब केही दिनमै जडान सुरु गरिने सापकोटाले बताए ।

12394559_10208373325510236_1910799699_o

तपाइँको प्रतिक्रिया ।