५ पुस, काठमाडौं । नर्भिच सिटीले म्यानचेष्टर युनाइटेडलाई  इंग्लिस प्रिमियर लिग फुटबलमा हराएको छ   ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड २-१ गोल अन्तरले पराजित भएको हो । हारसँगै युनाइटेडका प्रशिक्षक लुइस भानहालले आफ्नो भविश्यमाथि चिन्ता व्यक्त गरेका छन् ।

Man-united

ओल्ड ट्रार्फडमा भएको खेलमा घरेलु टोलीकै बल पोजिसल राम्रो भएपनि अग्रता नरभिचले लियो । ३८ औं मिनेटमा जेरोमीले गोल गर्दै आफ्नो टोलीलाई पहिलो आफमा अग्रता दिलाए ।

५४ औं मिनेटमा नरभिचले अग्रता दोब्बर पार्यो । ६६ औं मिनेटमा मार्टिलले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । तर, युनाइटेडले हार टार्न सकेन ।

Wayne_Rooney_2893680b

हारपछि प्रशिक्षक भानहालले आफ्नो भविश्यलाई लिएर आफू चिन्तित रहेको बताएका छन् । सबै प्रतियोगितामा गरेर पछिल्लो ६ खेलमा युनाइटेडले तीन हार व्यहोरेको छ भने जित हात पार्न सकेको छैन ।

भानहालको सम्झौता २०१६/१७ को सिजनको अन्त्यसम्म छ । तर, जोसे माउरिन्होले उनलाई रिप्लेस गर्ने चर्चा चलेको छ । माउरिन्हो हालै मात्र चेल्सीबाट बर्खास्त भएका थिए ।

तपाइँको प्रतिक्रिया ।