साउदी अरेबियाले बनायो आतङ्कवाद विरोधी सैनिक गठबन्धन

साउदी अरेबियाले बनायो आतङ्कवाद विरोधी सैनिक गठबन्धन

रियाद, १  पौष  । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ ।

CWOKmNmWIAUP-lc

प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ ।
आतङ्कवादका विरुद्धमा आक्रमण तथा कारबाहीका लागि स्थापित सो गठबन्धनका मुख्य कार्यालय साउदी अरेबियामा रहने बताएको छ ।
साउदी अरेबियाको रियादमा रहने सो गठबन्धनले आतङ्कवाद बिरुद्धको सैनिक कारबाहीलाई समन्वय गर्नेछ । उक्त गठबन्धनले सैनिक सहयोग र समन्वयको काम गर्ने जानकारी दिइएको छ ।

saudi-arabia-army-military
उक्त गठबन्धनले अरेबियाली देशहरुमा आतङ्कवादका कारण पछिल्लो समयमा उत्पन्न समस्याको समाधानका उपायहरुको खोजी गरी त्यसको समाधानमा काम गर्ने बताइएको छ ।
साथै यसले आतङ्कवादका विरुद्धमा संसारमा नै पछिल्लो समयमा सुरु भएको संघर्षमा सघाउने पनि अर्को  एक समाचारमा उल्लेख गरिएको छ ।
साउदी अरेबियाका नायब युवराजाधिराज एवम् रक्षामन्त्री मोहमद बिन सलमान अल साउदले विश्वमा आतङ्कवादका विरुद्धमा जारी रहेको लडाईंमा यस गठबन्धन पनि एक सशक्त साझेदारका रुपमा रहेर कामगर्ने जानकारी दिनुभएको छ ।
यस गठबन्धनमा ३४ वटा अरेबियाली मुलुक रहेका छन् भने विश्वका अरुपनि इन्डोनेसियालगायतका १० भन्दा बढी मुस्लिम देशले यस गठबन्धनका लागि सहयोग गर्ने बाचा गरेका पनि उहाँले जानकारी दिनुभयो ।
यस्तो खालको गठबन्धनको माग संयुक्त राज्य अमेरिकाले गरेको हो । संयुक्त राज्य अमेरिकाले विश्वमा आतङ्कवादले नागरिकका बाच्न पाउने नैसर्गिक अधिकारहरुप्रति पनि धावा बोलिरहेकोले यस्तो समयमा इस्लामिक अतिवादीहरुका विरुद्धमा लडन् संसारका हरेक क्षेत्र र राष्ट्रमा गठबन्धनको आवश्यकता रहेको आह्वान गरेको थियो ।
यस गठबन्धनमा रहेर ती देशहरुले पछिल्लो समयमा आइएसले मच्चाएको आतङ्कका विरुद्धछमा प्रतिवाद गर्नुपर्नेछ ।
यस गठनबन्धन आइएसका विरुद्धमा लड्नका लागि निर्माण भएको होइन त भन्ने प्रश्नको जवाफमा सलमानले भन्नुभयो– यसले जस्तोसुकै पनि आतङ्कवादका विरुद्धमा लड्ने छ र एक भएर आतङ्कवादको प्रतिवाद गर्नेछ ।
यसअघि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन निर्माण भएको छ र त्यसले आइएसका विरुद्धमा लडिरहेको पनि छ ।
त्यस सैनिक गठबन्धनमा फ्रान्स, बेलायत र जर्मनी पनि रहेका छन् । ती राष्ट्रका सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा भन्दै सिरियामा हवाई आक्रमण गरिरहेका छन् । रासस÷एएफपी

तपाइँको प्रतिक्रिया ।