अफगानिस्तानमा एकै दिनमा सात सैनिक मारिए

अफगानिस्तानमा एकै दिनमा सात सैनिक मारिए

काबुल, १  पौष । अफगानिस्तानमा सोमाबार बिहानदेखि मङ्गलबार बिहानसम्म भएका छुट्टाछुट्टै आतङ्ककारी आक्रमणहरूमा कम्तीमा सात सैनिक मारिएका अफगान गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

अफगान सैनिकले तालिवान आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीको क्रममा अफगानिस्तान भरी भएका छुट्टाछुट्टै आतङ्ककारी आक्रमणमा ती सात सैनिकले ज्यान गुमाएका मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गत जनवरीबाट नेटो र अमेरिकी सेनाले अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षाबललाई नै सुपिएपछि अफगान सुरक्षाबलको हताहती सङ्ख्या बढेको बताइएको छ । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।