पत्रकार धमलाको घरमा आगलागी

पत्रकार धमलाको घरमा आगलागी

काठमाडौँ, २७ मङ्सिर । आज बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौँ,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर भड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन् ।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।