अमेरिकी 'सेक्सी' स्टार किम कार्दाशिन बिग बोसमा !

अमेरिकी टेलिभिजन रियालिटि स्टार किम कार्दाशिनलाई भारतीय टेलिभीजन टियालिटी शो बिग बोसको सिजन ६ मा ल्याउने तयारी भइरहेको छ ।

चौथो सिजनमा पामेला इन्डरसन र पाँचौ सिजनमा पोर्न स्टार सन्नी लियोनीलाई भित्राएको बिग बोसले छैटौ सिजनमा किम कार्दाशिनलाई ल्याउन लागेको हो । बिग बोसले किमलाई करिब साढे ४ करोड भारतीय रूपैया पारिश्रमिक दिएर भित्राउन लागेको स्रोतले बताएको छ । स्रोतका अनुसार पामेला एन्डरसन र सन्नी लियोनीको उपस्थितिका कारण चर्चा बटुलेको र दर्शकले पनि यस्तै कुनै स्टार आउने अपेक्षा गरिरहेको अवस्थामा बिग बोसको टिमले किमलाई ल्याउन लागेको हो तर किम आउने या नआउने भन्ने कुराको भने निधो भइसकेको छैन् ।
उनले हालै अमेरिकी टेलिभीजन शो मा उनले भारतीय खाना राम्रो नभएको भन्दै खानाको खिल्ली उडाएकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।