पेट्रोलियम पदार्थको मागमा कमी, मूल्य थप घट्ने

पेट्रोलियम पदार्थको मागमा कमी, मूल्य थप घट्ने

पेरिस (फ्रान्स), २६ मङ्सिर । पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए) यसको मूल्यमा थपप गिरावट हुनसक्ने जनाएको छ ।
अमेरिकी मूल्य मापदण्ड दर प्रति ब्यारेलमा शुक्रबार २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ ।

यो मूल्य यस पहिले सन् २००९ मा देखिएको मन्दीका कारण विश्व अर्थतन्त्रमा परेको सङ्कटका कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि कै सबैभन्दा कमी हो ।

आईईएको मासिक रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको मागअनुसार अर्को वर्षसम्ममा यस वर्षको प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा पुग्नेछ ।

पेट्रोलियम पदार्थ उत्पादन मागको तुलनामा वृद्धि भएका कारण मूल्यमा थप कमी भएको बताइएको छ । खासगरी पेट्रोलियम पदार्थ आपूर्ति गर्ने मुलुकका कारण नै मूल्यमा गिरावट देखिएको हो ।

प्रमुख पेट्रोलियम पदार्थ उत्पादन गर्ने सदस्य राष्ट्रहरु इरान तथा इराकले आफ्नो देशमा भएका द्वन्द्वका कारण परेको अर्थतन्त्र उकास्न उत्पादनमा गरेको वृद्धिको असर मूल्य निर्धारणमा परेको जनाइएको छ ।

पेट्रोलियम पदार्थको अत्यधिक आपूर्तिका लागि उत्पादक मुलुकले मूल्यमा पुनः वर्तमान अवस्थामा ल्याउन आगामी वर्ष भरी सङ्घर्ष गर्नुपर्ने आईईए को प्रतिवेदनमा बताइएको छ । रासस÷एपी

तपाइँको प्रतिक्रिया ।