नोवल शान्ति पुरस्कार बिहीबार बितरण गरिँदै
ओश्लो, २४ मङ्सिर । विश्वको एक प्रसिद्ध र प्रतिष्ठित मानिएको नोवेल शान्ति पुरस्कार बिहीबार नर्वेको राजधानी ओश्लोमा वितरण गरिँदै छ ।
ओश्लोमा सो पुरस्कार वितरणका लागि विशेष समारोहको आयोजना गरिएको छ । ट्युनिसियाका चारवटा संस्थालाई सो पुरस्कार प्रदान गरिएको घोषणा यसअघि नै भइसकेको छ ।
ती संस्थाले ट्युनिसियाको सङ्क्रमणकालीन राज्य व्यस्थालाई व्यवस्थित गरी प्रजातान्त्रिक शासनका रुपमा स्थापित गर्ने कार्यमा सहयोग पु¥याएका थिए ।
उनीहरुको यो प्रयासको अनुशरण मध्यपूर्वी दुई देश सिरिया र लिबियामा पनि हुन सक्ने अपेक्षाका साथ ती संस्थालाई पुरस्कृत गरिएको बताएका थिए ।
सिरिया र लिबियामा पनि सन् २०११ मा ट्युनिसियामा जस्तै आन्दोलन सुरु भएको थियो । तर प्रजातान्त्रिक शासनको अवस्था यी दुई देशमा भने देखिँदैन ।
टुनिसियाली मानवअधिकार समूहका प्रमुख अब्देस्तर बिन मौसाले नर्वेको राजधानी ओश्लोमा भने– हतियार कहिल्यै पनि समाधान होइन र जस्तोसुकै अवस्थामा पनि वार्ताको विकल्प छैन ।
उक्त मानवअधिकारवादी समूह पनि नोवेल पुरस्कारबाट पु्रस्कृत हुने संस्थामध्येको एक हो । उनले भने– रगत या लडाकू यी कुनैपनि समाधानका साधन होइनन् ।
ओश्लोमा बिहीबार मध्यान्हमा सो पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । नर्वेका राजा ह्यारोल्ड तथा विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सो पुरस्कार वितरण गरिने छ ।
नोवेल कमिटीले सो पुरस्कार वितवरणको कार्यक्रमको भव्य तयारी गरेको बताइएको छ । पुरस्कार ग्रहण गर्नका लागि ती चारैवटा संस्था ओश्लो पुगेका छन् ।
तीन महिना अगावै घोषणा गरिने सो पुरस्कारको वितरण हरेक वर्ष विश्व मानवअधिकार दिवस, डिसेम्बर १० का दिन, अर्थात आजै वितरण गर्ने गरिन्छ । रासस÷एएफपी