गोकर्णेश्वर रास्ट्रीय 7 A साइड भेट्रान्स फुटबलको उपाधि युनिक मम टिमलाई
कपन अनलाइन
काठमाडौं असोज १९।
गोकर्णेश्वर रास्ट्रीय 7 A साइड भेट्रान्स फुटबलको उपाधि युनिक मम टिमले प्राप्त गरेको छ।
जोरपाटी फुटबल क्लबको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा असोज १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा युनिक मम टिमले डिल्ली बजार भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
कपन युनाइटेड क्लवको व्यवस्थापनमा रहेको युनिक मम टिमले १-० ले पछाडी परेको अवस्थालाई फर्काउदै उपाधि जित्न सफल भएको हो जसमा गौतम गुरुङ र गौतम मानन्धरले गोल गर्दै आफ्नो टिमलाई नगद दुई लाख सहित ट्रफी जिताएका थिए।
२२ वटा टोलीको सहभागिता रहेको प्रतियोगितामा युनिक मम टिमका ५३ वर्षीय प्रकाश ढुंगेल उत्कृस्ट डिफेन्डर घोषित भएका थिए।
जोरपाटी फुटबल क्लबका अध्यक्ष रञ्जित लामाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका–६ का वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा विजेता र उप विजेता टोलि सहित विभिन्न विधाका उत्कृस्ट खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो।



