चार मुक्तक : पशपती राई

चार मुक्तक : पशपती राई

कपन अनलाइन

काठमाडौं,साउन २३ ।

जति सुनाए पनि पुराण पुराणको उद्गार नबुझ्ने
चाख मानीमानी सुनिरहने तर सदाचार नबुझ्ने
राजनीति मिसाउने धर्म विशुद्ध धर्मै होस् भन्दै,
भक्त कस्तो अन्धभक्त रहेछ धर्मको सार नबुझ्ने ।

आजको कलि युगमा पसिना त उपहास हुदोरहेछ
नीति पनि विदुरको हैन शकुनीकै खास हुदोरहेछ
सत्य देख्ने आखा नहुदोरहेछ कसैको हजुर यहाँ त,
चिरिच्याट्ट पारिएका भ्रमहरूकै तलास हुँदोरहेछ ।

ऐनामा हेर आफैंलाई पनि मात्र विरोध कति दिन्छौ
खाँटी नेपाली बनौं न कट्टरतामा मात्र जोड कति दिन्छौ
बुद्धको यत्रो चौडा मध्यमार्ग छ छोडिदेउ हिंसाको बाटो,
आफ्नै आमाको कलेजी काटेर मात्र चोट कति दिन्छौ ।

मान्छेभित्र मन छैन यान्त्रिक मानव जस्तो आधुनिकता
बजार हजार छन् ,पसिना कहिँ बिक्दैन कस्तो आधुनिकता
यहाँ सम्बन्ध पैसासँग मात्रै हुँदा मान्छेले मान्छेलाई नचिन्दा,
आफैंले आफैंलाई जलाउँछ गरिब कति सस्तो आधुनिकता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।