चार मुक्तक : पुष्पा गजमेर

चार मुक्तक : पुष्पा गजमेर

कपन अनलाइन

काठमाडौं ,साउन २।
हेर आज वैरीको सामु पर्न बाध्य बनायो
मन नभएर नै पिडा छर्न बाध्य बनायो
म आफै मरेको हैन महोदय संसारमा,
तिमै शासनले मलाई मर्न बाध्य बनायो ।

रिस माथि नै रिस भरे कसलाई के भनु
छताछुल्ल जीवन छरे कसलाई के भनु
सबैको अघि हाइहाइ बन्छु भनेको थिएं,
आफ्नै कारण पछि परे कसलाई के भनु ।

छोरा मान्छे हौ हेर तिमी थोरै कमाउन सिक
आफ्नो कमाइ हेरी जिन्दगीमा रमाउन सिक
आर्थिक आबस्था कै कारण सम्बन्ध टुट्न सक्छ ,
घरको कर्तव्य र जिम्मेवारी समाउन सिक ।

आमाबाबुको काख सार्यो   कसको बिश्वास गर्नु र खै
भबिष्य डामाडोल पार्यो  कसको बिश्वास गर्नु र खै
देशको रक्षा गर्छु भन्नेले आफ्नो रक्षा गर्न सकिन्न,
सिरको सिन्दुरले नै मा¥यो कस्को बिश्वास गर्नु र खै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।