नाम : प्रा.डा. खेमराज खनाल ( लघुकथा)

नाम : प्रा.डा. खेमराज खनाल ( लघुकथा)

कपन अनलाइन

काठमाडौं असार २१।

“म तपाईंलाई पचास हजार पुरस्कार दिलाइदिन्छु । मलाई चालिस हजार दिनुपर्छ ।” रविले भन्यो ।
हरिले सोच्यो, “म सामान्य साहित्यकार; पुरस्कार पाउने त्यस्तो हैसियत पनि छैन । पुरस्कारले नाम चम्किन्छ । पैसा मलाई किन चाहियो र ? कमाइ मनग्ये छँदै छ । हुन्छ, पचासै हजार लैजाऊ । पुरस्कार चैँ दिलाऊ ।”
उसले पचास हजार पुरस्कार पायो । धेरैले बधाई दिए । नाम खुब चल्यो ।साथीभाइलाई चियाखाजा खुवायो । बैठक कोठामा प्रमाणपत्र सजायो। सामाजिक सञ्जालमा नाम उछाल्यो ।
रविले पचास हजार पायो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।