गीत : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौं असार २०।
तिमी हिँड्ने बाटोमा फूल छरिदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
तिम्रा मनका कुरालाई नलुकाई भन
पछि त के होला धड्कन बढ्ला झन
तिमीलाई सिँगारी चट्ट बनाइदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
झुक्याउन कहिले विपनामा आउँछ्यौ
सधैं सधैं सपनामा आई सताउँछ्यौ
तिमी मुस्कुराउँदा जून झारिदिउँला
पैताला टेक्ने ठाउँ नरम राखिदिउँला !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
