परमेश्वर हुन् बाबु र आमा : ढकाल शिखनाथ बेलकोटे ( कविता )

परमेश्वर हुन् बाबु र आमा : ढकाल शिखनाथ बेलकोटे ( कविता )

कपन अनलाइन

काठमाडौं असार २०।

जन्म गराए वाक्य खुलाए ।
बाहु समाती मार्ग चिनाए ।।
जन्म विधाता राम र रामा ।
परमेश्वर हुन् बाबु र आमा ।।१

भोक हटाए रोग जँचाए ।
औषधि प्याए प्राण बँचाए ।।
बाल सुभेच्छा देव सुदामा ।
परमेश्वर हुन् बाबु र आमा ।।२

सज्जन ज्ञानी मार्ग खुलाई ।
सङ्गत राम्रो साथ बनाई ।।
चिन्तन गर्ने पुत्र सुतामा ।
परमेश्वर हुन् बाबु रआमा ।।३

आदत विद्या पाठ पढाए ।
कर्म हितैषी शिल्प सिकाए ।।
ज्ञान विधाता सार धरामा ।
परमेश्वर हुन् बाबु र आमा ।।४

सन्तति राम्रा सभ्य प्रणामी ।
हुन्छन् प्यारा सज्जन ज्ञानी ।।
चिन्तन गर्ने सर्व दिशामा ।।
परमेश्वर हुन् बाबु र आमा ।।५

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।