मुक्तकहरु : गोपालकुमार मैनाली

मुक्तकहरु : गोपालकुमार मैनाली
कपन अनलाइन
काठमाण्डौ, असार १४।
१) पूजारी धनी भो, भगवान्का नामले
घरबारी जोडियो, भगवान्का दामले
व्यवहार चलाउने उनै हुन सहारा
फुर्सद भएन, भगवान्का कामले ।

२) अगाडि जानेको खुट्टा नतान्नु
पछाडि फर्केर लात्ता नहान्नु
समृद्धि यात्रा कठिन पक्कै हुन्छ
दौडमा हार्छु कहिल्यै नठान्नु ।

३) एउटा मोबाइल पठाई माग्छ साथी
भिषाको जोहो गरी माग्छ साथी
आफू बाँचेको कसरी व्याख्या गरौँ
कामगर्ने ठाउँको फोटो माग्छ साथी ।

४) शब्द प्रहारले भुतुक्कै नमरोस्
व्यङ्ग प्रहारले खुत्रुकै नपरोस्
मुक्तक लेखौँ त चट्याङ परेजस्तो
सिर्जना शक्ति लाई हेला नगरोस ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।