केही सुसेलीहरू : प्रमोद नेपाल

केही सुसेलीहरू : प्रमोद नेपाल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

(१)
वेला हर्षको
शुभकामना दिन्छु
नयाँवर्षको ।
(२)
जोस भरियोस्
नयाँवर्षमा राष्ट्र
समृद्ध बनोस् ।
(३)
माटो होस् नीप
आशा र भरोसाको
ननिभोस् दीप ।
(४)
अराजकता
नबिग्रिएर मति
रहोस् एकता ।
(५)
कालो बादल
वर्षियो लेदो कालै
ठोके मादल ।
(६)
कालाम्यै बाटो
झुण्डका झुण्ड ब्वाँसा
खाए नि काटो ।
(७)
काँचुली फेरोस्
अम्लिय नहोस् माटो
विकास फलोस् ।
(८)
कालो बादल
शिरबाट छाँटियो
घन्क्यो मादल ।
(९)
समान बनोस्
आरक्षण सुविधा
पाखा नलागोस् ।
(१०)
शान्त नगर
कहिल्यै नबनोस् है
देश बगर ।
(११)
सोचेको पुगोस्
कर्म पथमा बढ्नु
आशा नफुटोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।