फेक आईडी : अनिता ढकाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
रमेश अत्यन्तै जिद्धी र घमण्डी केटा, आफ्नो श्रीमती स्नेहालाई मान्छे गन्दैनथ्यो । सानो कुरामा निहुँ पायो कि शारिरिक र मानसिक यातना दिईहाल्थ्यो । समय क्रमसँगै यी दुईको झगडा भुसको आगो जस्तै फैलिएर अदालतको ढोका सम्म पुग्यो । एकदिन रमेशले स्नेहालाई फोन गरेर स्नेहा पख तलाई कसरी तहसनहस पार्छु हेर्दै जा भन्दै धम्कीपूर्ण भाषाले धम्की दिन्छ ।
रमेशले फेसबुकमा स्नेहाको फेक आइडी बनाएर उसको नम्बरको दुरुपयोग गर्न थाल्यो । स्नेहा पनि आफ्नो माइतीको साथ सर्पोटले हिम्मत गरेर प्रहरीमा उजुरी गर्न जान्छिन् । प्रहरी हरिलाई स्नेहाले भन्छिन् सर मेरो आफ्नै श्रीमान रमेशले मेरो तस्विर दुरुपयोग गरी फेक आइडी बनाएर मलाई सताएको छ । साह्रै दयालु भावका हरिले स्नेहालाई आफ्नै बहिनीलाई जस्तै सम्झाएर नआत्तिन सुझाउँछन र त्यो आइडी बन्द गराउन पहल गर्छन् । मानवता नभएको रमेशले स्नेहालाई चरित्रहीन देखाउन पटक पटक फेसबुक र टिकटकमा उसको तस्विर र फोन नम्बरको दुरुपयोग गर्दे दुःख दिइराख्छ । स्नेहाले हरिलाई भन्छिन सर अव त अति भयो मेरो सँगै मेरो बुबाको फोन नम्बर समेत त्यो पापीले दुरुपयोग गरेको छ । अस्ह्य पीडा भएर हरिले रमेशलाई प्रहरी कार्यालयमा बोलाएर त्यस्तो घृणित कार्य नगर्न चेतावनी दिन्छन् । प्रहरीको गाली र समाजको तिरस्कारले अन्ततः रमेश लाजले भुतुक्क भएर श्रमितीसँग माफी माग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
