चार मुक्तक : कृष्णकुमार वैद्य

चार मुक्तक : कृष्णकुमार वैद्य

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

नाम उँचो राख्न सधैं असल काम गर
स्वावलम्बी बन परचक्रीको नपर भर
हेलाहोचो नगर्नु आदरसत्कार सिक्नु,
संस्कारी बन्नलाई हुनुपर्छ है अग्रसर ।

ज्ञानीगुणी भए सबैको भइन्छ प्यारा
मूर्ख भएमा घृणा गर्छन् जगत सारा
कामभन्दा कुरा बढी गर्नु उचित हैन,
वहन गरेकै राम्रो आफ्नो अभिभारा ।

समाजको हित गर्न बसालेको रीति
सदुपयोग नहुँदा मौलाउँछ व्यथिति
बरबादीको बाटो नलागे बेस हुन्छ,
आफू दह्रो हुँदा ढल्दैन सितिमिति ।

पिडा परेमा कोही रुन्छन् धुरु धुरु
बाटो देखाउने उनै हुन् महान् गुरु
सिक्ने, सिकाउने क्रम चलिरहन्छ,
कर्तव्य पालन गर्नु आफैबाट सुरु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।