चार मुक्तक : शैलेन्द्र कुमार थापा

चार मुक्तक : शैलेन्द्र कुमार थापा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

स्वस्थ राख्छ जे ले अनि पेट भर्दछ
तितो मीठो जे भेटिन्छ खानु पर्दछ
यत्ति बुझौँ उर्जा जहाँ छैन जिन्दगी,
ज्युँदो तर लासै ठान्नु आत्मा मर्दछ ।
बन्यो भने विकृतिको कोही शिकार
विवेक शून्य बन्छ हुन्न राम्रो बिचार
नगरौँ भो आफैँद्वारा वर्वाद जिन्दगी,
गुम्न सक्छ पुरै भोलि बाँच्ने आधार ।
समस्या ती आए दुख्छ मन पीरले
कायर बनेभने दिन्छ निम्ता भीरले
तर बुझे लागि परे निदान भेटिन्छ,
जित्छ सधैँ बुद्धि वर्कत हुने वीरले ।
नानी बाबु खेल्ने बस्ने एउटा झुप्रो छ
रुंगालु ती हजुर बा को ढाड कुप्रो छ
परदेश ग’का युवा देशका उतै हराए,
कसले टार्ने समस्याको यहाँ थुप्रो छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।