‘तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी’ को प्रसारण रोकिँदै

‘तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी’ को प्रसारण रोकिँदै

हाँस्य सिरियल ‘तितो सत्य’ ले प्रशारणको ६ सय भाग पुरा गरेपछि निर्माता तथा निर्देशक दिपकराज गिरीलाई लागेको थियो, अब फरक शैलीमा अगाढि बढ्छ । तर, ६ सय १ भागमा नै उनका लागि अप्ठ्यारो पर्‍यो ।

Tito-satya-jire-khursani-meri-bassai

६ सय भागमा शुभकामना दिएर सिरियललाई अगाडि बढाउने सोच बनाएपनि त्यो पुरा हुन सकेन । पछिल्ला केही हप्ता तितोसत्य प्रसारणा हुने बारमा पुरानै भाग दोहोरिएर प्रसारण भइरहेका छन् ।

यो हालत ‘तितो सत्य’ को मात्र होइन । अर्का दुई चर्चित सिरियल ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ को पनि पुरानै भाग प्रशारण भैरहेका छन् । यी तीनवटै सिरियल अब अगाडि बढ्ने संभावना कमजोर छ । ‘तितो सत्य’ का निर्माता दिपकराज गिरीले भने– ‘अब तिनै वटा सिरियल प्रशारण बन्द हुने सम्भावना ८० प्रतिशत छ ।’

केही आशा रहेपनि त्यो पुरा हुने संभावना कमजोर रहेको उनको भनाई छ । ‘जिरे खुर्सानी’ का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् ।

‘मेरी बास्सै’ का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भुकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त थिए । नेपाली टेलिभिजनमा पारिवारिक सिरियलको क्रेज शुन्य छ । जब, हाँस्य सिरियलहरु सुरु भयो, बजार गर्मायो । यी सिरियलबाट केही कलाकार मनग्गे पैसा पनि कमाए ।
तर, मिडिया हबसँगको रकम लफडाले अब भने यी चर्चित ३ सिरियलको प्रशारण बन्द हुने अवस्थामा पुगेका छन् । निर्देशक तथा कलाकार दिपकराज गिरी भन्छन् ‘अब चलचित्र निर्माणमा नै अगाडि बढ्छु ।

तपाइँको प्रतिक्रिया ।