टेक्सास इन्टरनेसनल कलेजमा कराते रिफ्रेसमेन्ट सेमिनार सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १० ।
२०८३ जेष्ठ ६ गते शनिबारका दिन मित्रपार्क स्थित टेक्सास इन्टरनेसनल कलेजको हलमा कराते रिफ्रेसमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाल गोजु–काइ कराते डो संघका महासचिव तथा सह प्रमुख प्रशिक्षक इन्द्र बहादुर शाही खड्गेका अनुसार आगामी जेष्ठ २२ र २३ गते टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा सञ्चालन हुन लागेको १८ औँ इन्डो नेपाल खुल्ला कराते प्रतियोगितालाई मध्यनजर गरि यो सेमिनार सञ्चालन गरिएको हो ।
सेमिनारमा सहभागी २५ जना रेफ्रीहरुलाई प्रतियोगिताका रेफ्री संयोजक अन्तर्राष्ट्रिय कराते रेफ्री राम लामाले अन्तर्राष्ट्रिय कराते महासंघको नियम अनुसार कराते रेफ्रीहरुले पालना गर्नुपर्ने टेक्निकल कुराहरुलाई पुनर्ताजगी गराउनुभएको थियो ।
जेठ २२ र २३ गते हुने उक्त प्रतियोगिताको संयोजकमा नेपाल गोजु–काइ कराते डो संघका महासचिव तथा सह प्रमुख प्रशिक्षक खड्गे, रेफ्री संयोजक राम लामा, रेफ्री सह–संयोजक राकेश कुमार राजवंशी रहेनेछ्न ।
नेपाल गोजु–काइ कराते डो संघका उपाध्यक्ष तथा प्रचार प्रसार विभागका प्रमुख अच्युतराज उप्रेतीले बताउनुभए अनुसार प्रतियोगिता निष्पक्ष ढंगबाट सञ्चालन गर्न प्राविधिक पक्षको सञ्चालन नेपाल गोजु–काइ कराते डो संघले गर्नेछ भने सहयोगी संस्था मित्रपार्क नायः खि बाझं खल रहने छ ।
