पाँचतारेको तयारीमा रहेको बुढानिलकण्ठको होटल सब्रिना अब “होटल ट्राइब काठमाडौं”

पाँचतारेको तयारीमा रहेको बुढानिलकण्ठको होटल सब्रिना अब “होटल ट्राइब काठमाडौं”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

बुढानिलकण्ठ नगरपालिका वडा-७ मा रहेको होटल सब्रीना पाँचतारे होटल बन्ने तयारी अन्तिम चरणमा पुग्दा अन्तरास्ट्रीय ब्रान्डमा आवद्ध भएको छ।

विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोरको लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ र सब्रिना होटेल लिमिटेड बीच भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो । सो सम्झौता अनुसार सब्रिना अब  ट्राइब काठमाडौं नामबाट संचालन हुनेछ।

सत्कार र पर्यटनको क्षेत्रमा लामो समयदेखि सकृय युवा ब्यावसायी निराजन थापाले स्थापना गरेको सो होटलले आगामी दिनमा थप सेवा विस्तार गर्दै लैजाने तयारी समेत गरेको छ।

बुढानिलकण्ठ मुल सडकको गणेश चोकमा रहेको उक्त होटलले चाडैं IPO खोल्ने तयारी गरेको जानकारी दिदै होटलका अध्यक्ष  थापाले काठमाडौंको उत्तरी भेगको प्रवर्द्धनमा होटल सब्रीना महत्वपूर्ण योगदान दिन तयार रहेको बताएका छन।

विश्वभर ट्राइब ब्रान्डका २७ होटेल सञ्चालनमा रहेको ब्राण्ड नेपाल भित्राएका अध्यक्ष  थापा होटल ब्यावसाय संगै ब्यापार,कला र संगीत क्षेत्रमा समेत सकृय रहेका छन।

तपाइँको प्रतिक्रिया ।