रास्वपा गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा, को को बने पदाधिकारी ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १० ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा विजयी भएका छन ।
शनिवार जोरपाटी नयाँबस्तिमा भएको गोकर्णेश्वर प्रथम नगर अधिवेशनबाट उपसभापतिमा सुजित बहादुर खत्री, सचिव कृष्ण प्रसाद चम्लागाई, सहसचिव उत्तम प्रसाद दाहाल र सदस्यहरुमा सुमित्रा धिमाल, पूर्ण बहादुर दमाई, श्यामहरि पोखरेल, मधु घिमिरे, रुपेश कुमार अर्याल, सुमित्रा दुलाल, अनिता पौडेल, समिता श्रेष्ठ, रश्मी परिवार निर्वाचित भएका छन ।
कार्यक्रममा प्रमुख व्यक्तित्व रास्वपाका संसदीय दलका उपनेता तथा काठमाडौं क्षेत्र नं.७ बाट प्रतिनिधि सभा सदस्य गणेश पराजुली रहेका थिए भने नगर सभापति भागवत सापकोटाले अधिवेसनको अध्यक्षता गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
