पथ निर्धारक : मदनराज थापा ( कविता )

पथ निर्धारक : मदनराज थापा ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

छैन हस्तरेखामा लेखिएको हाम्रो कथा,
नक्षत्रको चालमा न त लुकेको छ व्यथा ।
आकाशका ग्रहहरू केवल साक्षी मात्र,
मान्छे त आफ्नै पसिनाले कोर्छ आफ्नै गाथा ।

जब जाग्छ कोही निस्वार्थमा, दृढ भई अटल,
दिँदै चुनौती इतिहासका पानालाई सकल ।
तब काँप्छन् ती ग्रहहरू, फेरिन्छन् दिशा पनि,
भाग्यको लेखान्त मेटिन्छ, जीवन हुन्छ सफल ।

मान्छे नै हुन् निर्माता, मान्छे नै हुन् संहारक,
आफ्नै भविष्यको हरेक आफैँ बन्छन् कारक
जसले गर्छ साहस यहाँ समयलाई मोड्न,
संकटको भुमरि परे, बन्छन् आफै उद्वारक।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।