दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

कपन अनलाइन

काठमाडौं , बैशाख १०।

 दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ 

काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको चापी तथा आवश्यक कागजात हस्तान्तरण गरेका छन  

एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए । जीवनभन्दा ठूलो केही छैनउपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने  

गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन । उहाँले आपतकालीन अवस्थामा छिटो र सुरक्षित रूपमा बिरामीलाई अस्पताल पुर्‍याउन अब सहज हुने बताएका छन  

भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन कठिनाइ हुने गरेको छ  यस्तो अवस्थामा एम्बुलेन्स हस्तान्तरणलाई स्थानीयले महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् 

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गणेश कुलुङ राईवडा नम्बर २ का अध्यक्ष मोहन सम्सेर राईवडा नम्बर ३ का अध्यक्ष प्रताप सिंह तामाङवडा नम्बर ४ का अध्यक्ष देवेन्द्र राई र वडा नम्बर ५ का अध्यक्ष ईश्वर राईको उपस्थिति रहेको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत प्रविण राईस्वास्थ्य संयोजक देवेन्द्र कुलुङ राईप्रशासन प्रमुख भद्र राई तथा लेखापाल दीपक खड्काको पनि सहभागिता रहेको थियो 

हाल गुँरास हाइड्रोपावर परियोजना सोही गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले एम्बुलेन्स हस्तान्तरणलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरेका छन् 

तपाइँको प्रतिक्रिया ।