नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
कपन अनलाइन
काठमाडौं , बैशाख ९।
नागर्जुन र ज्ञानसंस्कारले अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छन् । नागर्जुन ब्वाइज तथा ज्ञानसंस्कार गल्र्समा च्याम्पियन बने ।
टोखा नगरपालिका सामाखुशीस्थित ज्ञानसंस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागर्जुनले केएमसीलाई २१–१७ ले पराजित ग¥यो ।
श्रृजनशील स्पोट्र्स क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा ज्ञानसंस्कारले बौद्ध चिल्ड्रन हेभेनलाई १७–११ ले हरायो ।
ब्वाइजमा नागर्जुनका प्रिन्स कुश्वा तथा गल्र्समा ज्ञानसंस्कारकी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई ज्ञानसंस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू, श्रृजनशील स्पोट्र्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित, भिजन स्पोर्ट््स एकेडेभीका अध्यक्ष वृजेश बोहरा, ज्ञानसंस्कारकी एडमिन हेड लालीमा मालाकारलगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे । ब्वाइजमा ८४ तथा गल्र्समा ३४ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।
