इजिप्टका कवि अब्देल लतीफ मुबारकको कविता
कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
मलाई नब्युँझाऊ
इजिप्टियन कविको लागि: अब्देल लतिफ मुबारक
मेरा छोकडाहरूले आफ्नो स्वाद गुमाएका छन्,
दुरीको बतास र निर्दयी वर्षाले,
मेरो तिर्सनाको मौसमलाई रित्याइदिएको छ।
म अझ टाढा जान्छु, तर मात्र यो पाउँछु कि
मेरो अर्को आधा भाग अझै अतृप्त छ।
अझै पनि जे बाँकी छ–
तिम्रा आँखाहरूका, तिम्रा ओठहरूका यादहरू,
तिम्रो रूप,
रेशमी वस्त्रले सजिएको तिम्रो जिउडाल।
समय हुनु अगावै
म स्वर्गको यो शून्यताबाट भाग्दछु।
म एक मौन पालेको भेषमा प्रस्थान गर्छु,
मेरो पूरा भइसकेको सपनाको एउटा रक्षक।
ओहो, आत्माभित्र उफ्रिरहेका ती दुई शब्दहरू,
जसले अनुमति पाएको भित्र तिम्रो निषेधितलाई दाबी गर्छन्,
ती उत्तरहरू जसले प्रश्नलाई बोलाउँछन्।
मलाई नब्युँझाऊ।
मेरा छोकडाहरूले आफ्नो स्वाद गुमाएका छन्।
सपनामा, सडकका निधारहरूमा अझै रगतका दाग छन्
— मेरो विश्राम स्थल।
चिताको बीचमा, फिरन्ते समूहले मेरो लासलाई फालिदिए,
जब मैले हरेक मूर्तिहरूको शिर छेदन गर्न खोजें।
मेरो पाइलाको रापमा त्यो आगो शीतल थिएन।
मेरो आवाज जसले राजाको रहस्य फैलायो
ती दयालु र वफादार प्रजाहरूका बीचमा
— मेरो शोकमग्न आवाज —
सत्यको ओढ्ने (मन्टल) का लागि चिच्याइरहेछ
ताकि यो मेरो कात्रो बनोस्।
मलाई नब्युँझाऊ।
