चार मुक्तक : आभा भुजेल

चार मुक्तक : आभा भुजेल

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
मुसाफिर जिन्दगी मझधारमा आफ्नो जतायौ
हरेक पलपल, चित्रविचित्रको कहानी बतायौ
हजार जुनि पर्ख भनिरहेउ घुम्ती र मोडहरूमा,
तर गन्तव्य नपुग्दै उपशङ्काले मलाई सतायौ ।

तिमीले दिएर तन मन वचन माया गर्छु भन्थ्यौ
म तिम्रो तिमी मेरो हो तिमी मै भर पर्छु भन्थ्यौ
रत म संधै तड्पिरहेँ झुटो प्रेमको आश्वासनमा,
जिन्दगीमा हरेक पल रंगिन खुसी भर्छु भन्थ्यौ ।

जिन्दगीलाई काजल बनाएर खेल्ने काम नगर्नुस्
अब आफैं खाडल बनाएर धकेल्ने काम नगर्नुस्
छर्लङ्ग छ देखिन्छ दुनियाँमा यस्तो पनि भेटिन्छ,
दुनिया पागल बनाएर दम्भले पेल्ने काम नगर्नुस् ।

आफ्नै चेतनाले निरन्तर उडान भर्नु खास लाग्छ
गहन शब्दहरू हृदयको पाना भित्र अत्यास लाग्छ
अथाह गहिराइमा कहिलेकाही स्थिर रहन्छ नदि,
कुनै अदृश्य नियतिले डो¥याएको बकवास लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।