एचजेएनबीएल : टाईम्सको लगातार आठौँ जित

एचजेएनबीएल : टाईम्सको लगातार आठौँ जित

कपन अनलाइन

काठमाण्डौ,चैत १२।

हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार आठौँ जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा टाईम्सले रोएललाई ७८–६७ ले पराजित गरेको हो । टाईम्सले लगातार आठौँ जितपछि ९ खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । टाईम्समा पेम्बा शेर्पा म्यान अफ दि म्याच घोषित भए ।
यस्तै बुधबार राती भएको खेलमा त्रिभुभवन आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई ८८–७० ले पराजपत गर्दै सातौँ जित हात पारेको छ । आर्मीको ८ खेलबाट १५ अंक भएको छ ।
आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक २२ अंक स्कोर गरे ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

तपाइँको प्रतिक्रिया ।