निर्वाचनमा असहयोग गर्ने नेतामाथि नेकपा (एमाले) ओखलढुंगाको कारबाही, को को परे ?

निर्वाचनमा असहयोग गर्ने नेतामाथि नेकपा (एमाले) ओखलढुंगाको कारबाही, को को परे ?

कपन अनलाइन

काठमाण्डौ,चैत २।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ओखलढुंगाले हालै सम्पन्न निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ।

जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्ने तथा पार्टी अनुशासनविपरीत गतिविधि गरेको आरोपमा सम्बन्धित नेतामाथि कारबाही गरिएको हो।

विज्ञप्तिमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै कमल बानियाँ, किरण ठेके, गंगा बर्दी, मालादेवी गुरुङ, टिकाराम घिमिरे, नव बस्नेत, रविन प्रधान, पूर्णजीत खड्का, तेजा कार्की, खिरन नेपाल, विरेन्द्र कार्की, मोहन ढकाल र कमल तामाङलाई कारबाही गरिएको उल्लेख गरिएको छ।

जिल्ला कमिटीले पार्टीको नीति, अनुशासन र आधिकारिक उम्मेदवारविरुद्ध काम गर्ने गतिविधि अस्वीकार्य हुने उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिए कडा कदम चालिने चेतावनी दिएको छ।

तपाइँको प्रतिक्रिया ।