बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयमा अब “ई–हाजिरी”

बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयमा अब “ई–हाजिरी”

कपन अनलाइन

काठमाण्डौ,चैत २।

बुढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा लागू गरिएको ई–हाजिरी प्रणाली लागु हुने भएको छ।

चैत्र २ गते सोमबार अभिमुखिकरण आयोजना गर्दै  शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यले  नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरूलाई  ई–हाजिरी प्रणाली सञ्चालन गर्ने तरिका, यसको उपयोगिता, व्यवस्थापन तथा विद्यालय प्रशासनमा पार्ने सकारात्मक प्रभावका विषयमा विस्तृत जानकारी दिइएको थियो।

सो  प्रणालीमार्फत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई डिजिटल माध्यमबाट व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने विश्वास लिएको नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद विकास महाशाखाका प्रमुख ललित विक्रम सिंहले बताएका छन।

। आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता प्रविधिमैत्री पहलहरूलाई निरन्तरता दिने नगरपालिकाको योजना रहेको सिंहले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।